पूर्व राष्ट्रपति यादवलाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने

पूर्व राष्ट्रपति यादवलाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने
+
-

काठमाडौँ– नेपालका प्रथम राष्ट्रपति डा‍‍. रामवरण यादवसहित चार जनालाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरिने निर्णय भएको छ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण र जारी गर्न समन्वयकारी भूमिका निर्वाह गरेका तथा नेपालको लोकतान्त्रिक आन्दोलनमा करिब पाँच दशक निरन्तर सक्रिय योगदान गरेकोमा प्रथम राष्ट्रपति डा. यादवलाई महेन्द्रनारायण निधि तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार, २०८० प्रदान गरिने निर्णय भएको महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिएका छन।

साथै करिब आठ दशकदेखि निरन्तर लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहनुभएका पूर्वमन्त्री योगप्रसाद उपाध्यायलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७९ बाट सम्मानित गर्ने निर्णय गरिएको छ ।

एबिसी नेपालका संस्थापक अध्यक्ष, विगत चार दशकदेखि निरन्तर महिला बालबालिकाको हक तथा मानव अधिकारका लागि सक्रिय तथा लोकतान्त्रिक आन्दोलनमा समेत योगदान दिनुभएकोमा दुर्गा घिमिरे र शास्त्रीय संगीतमा साधनारत, प्रथम नेपाली महिला तवला वादक सरिता मिश्रलाई क्रमशः २०८० र २०७९ को प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कारद्वारा सम्मानित गर्ने निर्णय भएको छ।

विसं २०५८ मा मानार्थ अध्यक्ष विमलेन्द्र निधि र संस्थापक अध्यक्ष भानुभक्त ढकाल भई नेपाल गौरव महेन्द्रनारायण निधिको सम्मानमा स्थापित महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले विसं. २०७० देखि अहिंसा, लोकतन्त्र, सामाजिक न्याय, समुदायबीच सद्भाव, सामाजिक जागरणमा सक्रिय व्यक्तित्वहरूलाई पुरस्कार प्रदान गर्दै आएको छ।

केही वर्षयता पुरस्कार राशीमा थप गरी प्रत्येक पुरस्कारको राशी रु एक लाख एक हजार बनाइएको छ । यसअघि विभिन्न क्षेत्र र विधाका ३० जना व्यक्तित्वहरू पुरस्कारद्वारा सम्मानित भइसकेका छन।

उक्त पुरस्कार तथा सम्मान यही फागुन १३ गते निधिको १०३औं जन्मजयन्तीका अवसरमा प्रदान गरिने छ । पुरस्कार चयनका लागि नेपाल सरकारका पूर्वमुख्य सचिव डा विमल कोइरालाको संयोजकत्वमा पूर्वराजदूत डा दिनेश भट्टराई, प्रा डा कुमार कोइराला, प्रा नवेन्द्र निधि सदस्य रहेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?