
काठमाडौँ– काठमाडौँको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट एक महिलाले बच्चा चोरी फरार भएकी छन्।
शुक्रबार एक जना महिलाले बच्चा चोरी गरी फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी भएको हो प्रहरीको भनााइ छ। प्रहरीका अनुसार घटना शुक्रबार दिउँसो भएको हो। अहिले ती महिलाको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ।
‘एसपी अधिकारीले भने हाम्रो टोली त्यहाँ पुगिसेको छ, अनुसन्धान हुँदैछ।’