झापा- झापा गाउँपालिका वडा नं ४ को भामटोलीमा आगलागी हुँदा जलेर एक बालकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो ४:३० बजेको समयमा झापा गाउँपालिका ४ भामटोली बस्ने ईनाम हुसेन शेखको घरनजिकै रहेको परालको कुन्यूमा आगलागी हुँदा शेखका अन्दाजी साढे ४ बर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीयबासी, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।
क्षतिको थप विवरण आउन बाँकी रहेको गिरीले बताए ।