सामसङले एआइको अनुभव अघिल्लो मोडलहरूमा राख्दै

+
-

काठमाडौँ–सामसङले ग्यालेक्सी एआइको अनुभव आफ्नो अघिल्लो फोन मोडलहरूमा उपलब्ध गराउने भएको छ।

मोबाइल एआइको विश्वव्यापी विस्तार लाई गति दिनको लागी सामसङ नेपालले मोबाइल एआईको थप विस्तारका लागि निर्माण गरिएको नयाँ वान् युआई ६.१ को माध्यम बाट अब अब ग्यालेक्सी एस २३ सिरिज, एस२३ एफई, जेड फोल्ड र जेड फ्लिप ५ सिरिजहरुमा पनि मार्चको अन्त्यदेखि ग्यालेक्सी एआइ उपलब्ध हुने जनाइएको छ।

सामसङको अनुसार हालसालै प्रस्तुत गरिएको ग्यालेक्सी एस२४ सिरिजसंग आबद्ध यो अद्यावधिकले अन–डिभाइस र क्लाउडमा आधारित एआईलाई संयोजन गर्दै हाइब्रिड विधिमार्फत् प्रयोगकर्ताहरुको मोबाइल एआई अनुभवको स्तरलाई उकास्नेछ।

‘यो ग्यालेक्सी एआइको शुरुवात मात्र हो, सामसङ इलेक्ट्रोनिक्स, मोबाइल एक्स्पे्रियन्स बिजनेस प्रमुख तथा अध्यक्ष  टिएम र्‍होले भने,हाम्रो योजना त सन् २०२४ भित्र दश करोडभन्दा बढी ग्यालेक्सी प्रयोगकर्ताहरुलाई यसको अनुभव दिलाउने तथा मोबाइल एआइको असिमित सम्भावनाहरुको उपयोगको लागि नवीन उपायहरुको खोजी जारी राख्ने रहेको छ।’

यस्तै सामसङका अनुसार एआई संचालित मोडलहरुमा उपलब्ध सञ्चार सेवा विस्तारित ग्यालेक्सी एआई विशेषताहरुको लाभ अझै धेरै ग्यालेक्सी प्रयोगकर्ताहरुले लिन सक्नेछन।

यी विशेषताहरुले मेसेज टोन मिलाउने र च्याट एसिस्टको सहायताले १३ भिन्न भाषाहरुमा मेसेजहरु ट्रान्सलेट गर्न सकिने छ। ग्यालेक्सी प्रयोगकर्ताहरुले लाइभ ट्रान्सलेट मार्फत् रियल टाइमा नै भाषा ट्रान्सलेट गर्न सक्नेछन्, जसले फोन कलहरुका लागि आवाज र टेक्स्ट अनुवादहरु उपलब्ध गराउनेछ।

ग्यालेक्सी इकोसिस्टममा गरिएको ग्यालेक्सी एआइको व्यापक एकीकरणले सर्कल टु सर्च वीथ गुगल मार्फत् खोज प्रणालीहरुको सुधार गरिएको हुँदा सजिलै आफूले खोजेको कुरामा एउटा सर्कल बनाएर खोज परिणामहरु पाउन सकिने। नोट एसिस्ट जस्ता विशेषताले प्रयोगकर्ताहरुलाई फम्र्याटहरु सिर्जना गर्न, साराँशहरु रचना गर्न र टिप्पणीहरु अनुहवाद गर्न मद्दत गर्दछ भनें ब्राउजिङ एसिस्टले समाचार सामग्रीहरुको समग्र साराँशहरु एकै क्षणमा तयार गर्दछ । ट्रान्सक्रिप्ट एसिस्टले मिटिङहरुको रेकर्डिङ्ग गरि सजिलै साराँशहरु तथा अनुवादहरु तयार पार्न सक्छ।

यस्तै ग्यालेक्सी एआइको साथमा सामसङले व्यक्तिको सिर्जनशील सम्भाव्यतालाई उजागर गर्न आफ्नो भूमिकालाई दोब्बर बनाएको जनाएकाे छ। ग्यालेक्सीको पछिल्लो अद्यावधिकले ग्यालेक्सी एआई टुलहरुको सेट उपलब्ध गराएकोकारणले गर्दा फोटो खिचेपछि पनि रचनात्मक स्वतन्त्रताको अवसर दिन्छ।

जेनेरेटिभ इडिट मार्फत् एआई समर्थित उपकरणहरुले फोटोहरुलाई सजिलै रिसाइज गर्ने, रिपोजिसन गर्ने, अथवा रिएलाइन गर्न सक्नेछन् । यस्तै प्रयोगकर्ताहरुले इडिट सजेसनको सहायताले पहिलेभन्दा छिटो र सजिलो तरिकाले कुनै पनि फोटोलाई सजाउन सक्नेछन्। इन्स्ट्यान्ट स्लो–मो ले चलायमान फलहरु क्याप्चर गर्न सुस्त गतिको भिडियोहरुका लागि अतिरिक्त फ्रेमहरु तयार गर्ने हुनाले धेरै सटहरु बारम्बार खिच्नु नपर्ने बनाइदिन्छ ।

 

 

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?