
काठमाडाैँ- प्रहरीले सिन्धुपाल्चोकबाट शर्मिला वाइबालाई पक्राउ गरेको छ।
सिन्धुपाल्चोककाे बार्हबिसेबाट बुधबार बिहान ११ बजे आसपासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।
प्रहरीका अनुसार शर्मिलालाई बार्हबिसेबाट पक्राउ गरी काठमाडौको महारागञ्ज पठाइएको छ। शर्मिलाले आफूलाई सामाजिक अभियन्ता बताउने गरेकी थिइन्।
हास्य कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा उनीविरुद्ध प्रहरी वृत महाराजगञ्जमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई पक्राउ गर्न सिन्धुपाल्चोक प्रहरीसँग समन्वय गरेको थियो ।