
काठमाडाैँ- लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टले आफ्ना विद्यार्थीहरूको उत्पादनलाई प्रबर्द्धन गर्न हाटबजार सञ्चालन गरेको छ।
बिहीबार भएको यो हाटबजारमा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो व्यापारका स्टल राखेर बेचेका थिए।
उक्त हाटबजारमा कलेज नजिकका स्थानीयहरूका पनि स्टल रहेका थिए। यो हाटबजार लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टको बिजनेस क्लिनिकको पहलमा सुरु भएको हो।
क्लिनिकले विद्यार्थीको उद्यमशीलता बढाउन र स्टार्ट अपहरूलाई समर्थन गर्न विक्रेताहरूलाई निमन्त्रणा पनि गरेको थियो। कलेजले सुरु गरेको यो चौथो हाटबजार हो। अबबाट मासिक रूपमा सञ्चालन गर्ने योजना रहेको कलेजको भनाइ छ।
ब्रजेश मर्हजनले कटन किनेर ल्याई क्रिम बनाएर बेच्नका लागि स्टल राखेकी छन्। उनले राम्रो भएपछि विदेश निर्यात गर्ने पनि बताएकी छन्।
क्रिस्टल राखेकी जेनिसा बज्रचार्यले अहिले अनलाइन मार्फत सामग्रीहरु बेचेको बताइन्। पछि राम्रो भयो भने पसल राख्ने उनको भनाइ छ।

क्रिस्टलको स्टल राखेकी जेनिसा बज्राचार्य।
बिभिन्न परिकारका अचारको स्टल राखेका प्रयास भट्टराईको भने काठमाडौँको माकलबारीमा पसल रहेको छ। उनको पसलको नाम सिनर्जी अग्रो हो।

बिभिन्न परिकारका अचारको स्टल राखेका प्रयास भट्टराई।
कागजको प्रयोगबाट बिभिन्न सामाग्री बनाएकी इच्छा चन्दले यस्ता सामग्री उत्पादन गर्न थालेको ९ महिना भएको बताइन। उनले समयसमयमा स्टल राखेर बेच्ने गरेको पनि बताइन्।

कागजको प्रयोगबाट बिभिन्न सामाग्री बनाएकी इच्छा चन्द।
यस्तै बेकरीको स्टल राखेकी मेधावी राजभण्डारीको पनि ललितपुरको इमाडोलमा पसल रहेको छ। त्यहाँ उनको ममीबाबाले पसल चलाइरहेका छन्। उनले भने त्यही उत्पादनलाई अनलाइन मार्फत बेच्ने गरेको बताइन्।

बेकरीको स्टल राखेकी मेधावी राजभण्डारी।
त्यसो त त्यहा अध्ययनरत विद्ययार्थी भन्दा बाहिरका विद्ययाथीले पनि स्टल राखेका थिए। जनमैत्री स्कुलबाट त्यहाँ स्टल राखेर निशुल्क स्वास्थ्य जाँच गरिएका थिए।
अघिल्लो हाटबजारमा भन्दा यो हाटबजारमा कम स्टल रहेको टिम आयोजक समिति सदस्य सोनिका गिरीले बताइन्।
आयोजक समिति मेम्बर सुप्रिया पौडेलका अनुसार स्नातक तहमा कलेजमा अध्ययनरत दोस्रो र तेस्रो वर्षका विद्यार्थीको परीक्षा हुने भएकोले चाैथाे वर्षका विद्ययार्थीले मात्र गर्दा कम भएको बताइन्।
कलेजका प्रिन्सिपल डा.मित्रबन्धु पौडेलले विद्यार्थीको उद्यमशीलता बढाउन आफूहरुले सकेको प्रयास गर्ने बताएका छन्।