झापा गोल्डकपको उद्घाटन खेलमा एपिएफ क्लब विजयी

झापा गोल्डकपको उद्घाटन खेलमा एपिएफ क्लब विजयी
+
-

झापा– अर्ना छैटौं झापा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एपिएफ क्लब विजयी भएको छ।

शनिबार झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलको टाइब्रेकरमा संकटा क्लबलाई ४-२ गोल अन्तरले हराउँदै एपिएफ क्लबले प्रतियोगितामा आफ्नो जित दर्ता गरेको हो।

निर्धारित ८० मिनेटको खेलमा कुनै गोल नभएपछि टाइब्रेकरबाट निर्णय लिइएको हो।

टाइब्रेकरमा एपिएफका तर्फबाट चार गोल भएको थियो भने संकटाका तर्फबाट दुई मात्र भयो। एपिएफले अब सर्लाहीको बागमती युवा क्लबसँग पहिलो क्वाटरफाइनल खेल खेल्नेछ। आइतबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीच हुनेछ।

यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबका सहित १० टोली सहभागी छन्। अन्तर्राष्ट्रिय झापाली समाज मुख्य सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको फाइनल खेल फागुन २८ गते हुनेछ।

गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ। डोमालाल राजवंशी रंगशालामा हुने गोल्डकपमा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको गरिएको छ। झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?