
झापा- सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई जरिवाना गरिएको छ। अर्ना छैटौं झापा गोल्डकपमा एपिएफले खेलको नियम उल्लंघन गरेको भन्दै झापा गोल्डकपले जरिवाना गर्ने निर्णय गरेको हो।
एपिएफले झापा गोल्डकपको तेस्रो दिन भएको खेलमा प्रतियोगिताको नियमावली १० को प्रावधान बमोजिम खेलाडीको जर्सी तथा जर्सीको रंगसम्बन्धि नियम उल्लंघन गरी खेल खेलेको र जसका कारण फुटबल खेलको मर्यादा तथा झापा गोल्ड कपको गरिमामा आँच पुगेको भन्दै जरिवाना गर्ने निर्णय गरेको झापा गोल्डकप आयोजक समितिले जनाएको छ।
प्रतियोगिता नियमावली को दफा २३ (ख) ले दिएको अधिकार प्रयोग गरी एपिएफलाई कारबाही गरिएको झापा गोल्डकपले जनाएको छ।
नगद जरिवानाका साथै एपिएफलाई भविष्यमा यस्तो गल्ती नदोहोर्याउने लिखित प्रतिबद्धता समेत माग गर्ने झापा गोल्डकपले निर्णय गरेको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।
झापाको डोमालाल रंगशालामा सोमबार भएको बागमती युवा क्लबसँगको खेलमा एपिएफले जर्सी अभावमा टेप टाँसेर र मार्करले लेखेर खेल खेलेको थियो।