
काठमाडौँ– प्रहरीले रोमानिया पठाइदिन्छु भन्दै १ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
बाग्लुङको जैमिनी नगरपालिका ८ घर भई हाल काठमाडौँको तार्कैश्वर नगरपालिका १० बस्ने ५६ वर्षका शेषकान्त शर्मालाई प्रहरीले मंगलबार काठमाडौँको मिनभवनबाट पक्राउ गरेको हो।
शेषकान्तले तुलबहादुर बलाल नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारका लागी रोमानिया पठाइदिन्छु भन्दै १ लाख रुपैैयाँ लिइ फरार रहेका थिए।
शेषकान्तले तुल बहादुरलाई रोमानिया जान ७ लाख लाग्छ र पुगेपछि एक कम्पनीका काम लगाइदिन्छु,मासिक ९० हजार तलब हुन्छ भनी प्रलोभनमा पारेकाे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
शेषकान्तलाइ पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागी वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।
प्रहरीले पोल्याण्ड पठाइदिन्छु भन्दै भण्डै ४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ।
रामेछापको उमाकुण्ड नगरपालिका ६ घर भई हाल काठमाडौँको बालुवाटार बस्ने गोविन्द थापालाई प्रहरीले मंगलबार काठमाडौँको पुतलीसडकबाट पक्राउ गरेको हो।
गोविन्दले इन्द्र कुमार थवास नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारका लागि पोल्याण्ड पठाईदिन्छु भन्दै ३ लाख ७० हजार रुपैैयाँ लिई फरार रहेका थिए।
गोविन्दले पोल्याण्ड जान ८ लाख लाग्छ र पुगेपछि एक कम्पनीका काम लगाइदिन्छु,मासिक १लाख तलव हुन्छ भनी प्रलोभनमा पारेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
गोविन्दलाइ पक्राउ गरी थप अनुसन्धान तथा कारवाहिको लागी वैदेशिक रोजगार विभाग ताचहल पठाइएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताएका छन।