
काठमाडौँ– कोका–कोलाको २.२५ र १.५ लिटरको कोका–कोला, स्प्राइट र फ्यान्टा किन्दा २५० मिलिलिटरको कोका–कोला निःशुल्क पाइने भएको छ।
कोका–कोलाले उपभोक्ताहरूलाई विशेष र अविस्मरणीय बनाउन नेपालमा यो विशेष क्याम्पेन लिएर आएको जनाएको छ। यो प्रमोसनल अफर धेरै वर्ष देखि निरन्तर चल्दै आइरहेको छ ।
कोका-कोला नेपालको कन्ट्री डाइरेक्टर चन्द्रिका कालियाले भने, ‘कोका–कोला सँधै आफ्ना उपभोक्ताहरुको लागि रमाइलो पलहरू सिर्जना गर्न प्रतिबद्ध छ। यो विशेष अफरले हाम्रा उपभोक्ताहरुको साधारण खाना खाने समयलाई पनि अविस्मरणीय बनाउन मद्दत पुर्याउनेछ भन्ने हामीलाई विस्वास छ।’