
काठमाडौँ– आउँदो नयाँ वर्षको अवसरमा हुने ‘काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ को आधिकारिक फूड पार्टनरमा फूड डेलिभरी कम्पनी ‘फूडमान्डु’ हुने भएको छ।
फेस्टिभल यही चैत्र ३० र वैशाख १ मा काठमाडौँको हायात रिजेन्सी ग्राउन्डमा हुने छ। फेस्टिभलमा दक्षिण एसियाकै लोकप्रिय कलाकार आतिफ असलमको लाइभ शो रहेको छ।
फेस्टिभलको पहिलो दिन ४ बजेबाट आतिफ असलमको कन्सर्ट सुरु हुनेछ भने गेट १ बजे नै खुल्ला रहनेछ। दोस्रो दिन १२ बजेदेखि थप नेपाली र भारतीय प्रख्यात कलाकारहरूको प्रस्तुति रहने छ।
यस म्युजिक फेस्टिभलमा फूडमान्डुमा आबद्ध पपुलर २५ पार्टनर रेस्टुरेन्टहरूको स्टल रहने छ। काठमाडौँ म्युजिक फेस्टिभल २०२४’ टारिस इन्टरटेन्मेन्ट र एमएन प्रोडक्सनले संयुक्त रूपमा आयोजना गरेका हुन्।
फूडमान्डुले विगत एक दशकदेखि खानाका पारखीहरूका लागि सहज र भरपर्दो प्लेटफम मार्फत ग्राहकहरूको घर आँगनमा खाना डेलिभरी गर्दै आइरहेको छ ।