डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकप प्रतियोगिताबाट बाहिरियो

डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकप प्रतियोगिताबाट बाहिरियो
+
-

झापा-  डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकप प्रतियोगिताबाट बाहिरिएको छ ।

शुक्रबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ एफसीसंग १-० गोल अन्तरले पराजय व्यहोर्दै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको प्रतिस्पर्धामा ‘अन-गोल’ लागेको थियो । खेलको ६९ औं मिनेटमा लागेको त्यो गोल निर्णायक हुन पुग्यो ।

शुक्रबारको जितसँगै एपिएफले कम्तीमा ७ लाख रुपैयाँ पुरस्कार सुरक्षित गरेको छ ।

पहिलो हाफसम्म खेल बराबरीमा रहे पनि दोस्रो हाफमा दुवै टिमबाट आक्रामक प्रहारहरू भएका थिए ।

शनिबार दोस्रो सेमीफाइनल खेल घरेलु टिम झापा ११ र चर्च ब्वाइजबीच हुनेछ ।

प्रतियोगिताको विजेताले १३ लाख रुपैयाँ नगद र आकर्षक ट्रफी पाउनेछ । उपविजेताले ७ लाख रुपैयाँमा चित्त बुझाउनेछ ।

फागुन १९ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २८ गते हुनेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?