
झापा- झापाको मेचीनगर १५ ज्यामिरगढीस्थित भगवती प्लाइ उद्योगमा भीषण आगलागी भएको छ।
सोमबार बिहान सवा ५ बजे आगलागी सुरु भएको हो। ६ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयबासी आगलागी नियन्त्रणका लागि खटिएका छन्।
उद्योगको पश्चिमपट्टिको भाग जलिरहेको र अन्य भाग जोगाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आगलागीको कारण थाहा हुन सकेको छैन। झापामा प्लाइ उद्योगमा आगलागीका घटना धेरै हुने गरेको छ।