उपप्रधानमन्त्री रवि लामिछानेको ‘फेसबुकिया निर्देशन’बारे के भन्छ प्रहरी?

उपप्रधानमन्त्री रवि लामिछानेको ‘फेसबुकिया निर्देशन’बारे के भन्छ प्रहरी?
+
-

काठमाडौँ– मंगलबार बिहान उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गैरकानुनी गर्ने जो कोही भए पनि कारवाही गर्न प्रहरी प्रशासनलाई अपिल गरे।

गृहमन्त्रीले सामाजिक सञ्जालमा लेख्दै देशको जुनसुकै भू–भागमा गैरकानुनी गर्ने वा गैरकानुनी कामधन्दा चलाएको जो कोहीलाई कारवाही गर्न निर्देशन दिएका थिए।

 ‘देश भरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीहरूलाई मेरो अपिल’ भन्दै फेसबुकमा उनले लेखेका छन्, ‘देशको कुनै पनि भागमा कुनैपनि ब्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ। गैरकानुनी धन्दा चलाएको छ। कर छली गरेको छ, गुण्डागर्दी, धाकधम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन, मैले तपाईंलाई सलाम गर्ने गरी काम गर्नूहोस्। मेरो शुभकामना छ। जय नेपाल (पार्टी वाला होइन, देश वाला)’

सामाजिक सञ्जालमा वक्तव्यबाजी गर्न माहिर उपप्रधान तथा गृहमन्त्री रविले फेसबुकमा लेखेर काम गर्न प्रहरी प्रशासनलाई अपिल अथवा उनकै भाषामा निर्देशन गरेका हुन्।

नेपाल प्रहरीले रविले सामाजिक सञ्जालमा लेखिएको कुरालाई आफ्नो ‘सोसल मनिटरिङ डेस्क’ले हेरेको बताएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक भिमप्रसाद ढकालले फेसबुकमा लेख्ने कुरा सबैको सार्वजनिक जानकारीको विषय भएकाले आफूहरूले पनि गम्भीर रुपमा लिएको बताए।

उनले देशसञ्चारसँग भने, ‘फेसबुकमा लेख्ने कुरा सबैको सार्वजनिक जानकारीको विषय हो। तपाईँले थाहा पाएजस्तै हामीले पनि थाहा पाएका छौँ।’

उनले सबै मिलेर अपराध अपराध नियन्त्रण गरी सुशासन राख्न आग्रह पनि गरे। उनले भने ,‘नेपाल प्रहरीले मात्रै होइन आम नागरिकले अपराध भएको, हुँदै गरेको, हुने गरेको र हुने आशंका भएको अपराध नियन्त्रण गरी रोकथाम गरेर कानुनी दायरामा ल्याएर मुलुकभर शान्ति सुव्यवस्था, अमन चयन, सुशासन राख्ने कुरामा सबै लाग्न पर्छ।’

ढकालले कानुन अनुसार नेतृत्वले निर्देशन दिने भएकाले प्रहरीले पनि कानुन अनुसार दायित्व पुरा गर्ने बताए। उनले भने ,‘ नेतृत्वले कानुनी रोहमै भन्ने कुरा हुन्छ।’ नेतृत्वले कानुन अनुसार निर्देशन दिने, निर्देशनलाई लिने काम मातहतले गर्ने, कानुनले तोकेको दायित्व पुरा गर्ने भन्ने कुरा हुन्छ। नेतृत्वले भनेको कुराहरू पनि हामीले लिइराखेका हुन्छौँ।

ढकालले नेपाल प्रहरीले आफ्नै कानुन अनुसार नै काम कार्वाही गर्ने गरेको उनले बताए। उनले भने,‘ नेपाल प्रहरीले गर्ने कामको लागी ऐन निय नियमावली निर्देशनहरू हुन्छन। तिनै कानुन अनुसार काम हुन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?