
काठमाडौँ– एमजीले आफ्नो सर्वाधिक सफल मोडल मध्येको एक एमजी–फोरको लङ रेन्ज मोडल मोटर पावरमा नेपालमा पनि सार्वजनिक गरेको छ।
१०० किलोवाट क्षमता रहेको लङ रेन्ज मोडल बिक्री सुरु गर्न लागेको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले जनाएको छ।
बिहीबार धुलिखेलमा रहेको ‘डर्ट टेम्पल’मा विशेष कार्यक्रम आयोजना गरेर कम्पनीले नयाँ मोडल सार्वजनिक गरेको हो।
गाडीको स्ट्रेन्ज गराउन, इन्डोरेन्स टेस्ट गर्न तथा गाडी ग्राहक र नेपालका लागी बेस्ट हो भन्नको लागी कार्यक्रम गरिएको पारामाउन्ट मोटर्सका मार्केटिङ हेड सन्दिप क्षेत्रीले जानकारी दिए।
उनका अनुसार यसको बुकिङ भोलीबाट अर्थात शुक्रबारबाट सुरु हुने छ। यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ हुने बताइएको छ।
एमजीको लङ रेन्ज मोडलमा ६४ किलोवाट आवरको ब्याट्री रहेको छ। जसले गर्दा सिंगल चार्जमा ४५२ किलोमिटर रेन्ज प्रदान गर्नेछ।
एसएआइसीको ‘मोड्युलर स्केलेबल प्लेटफर्म’मा आधारित रहेर निर्माण गरिएको एमजी(फोर इलेक्ट्रीक क्रसओभर मोडल हो। निकै स्मुद ड्राइभिङ अनुभव गराउने एमजी फोर सहरमा निकै गज्जवको अनुभव प्रदान गराउन सक्षम छ ।
कम्पनीका अनुसार यसले १५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ। टप स्पीड क्षमता १६० किलोमिटर प्रतिघण्टा रहेको स्पोर्टी कारको रोड प्रजेन्स निकै आकर्षक छ।
यसमा भएको डुअल(विंग स्पोइलर र फुल(वाइड एलइडी टेल ल्याम्पहरूले थप आकर्षक बनाएको छ । एमजीले यसमा क्लीन ड्यासबोर्ड, इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रुमेन्ट क्लस्टर डिजिटल दिएको छ ।
एमजीले यो क्रसओभरमा धेरै स्पेश निकाल्न र आरामदायी बनाउन २७०५ एमएम लामो ह्वीलबेस दिएको छ । यसको लम्बाई ४।२ मिटरभन्दा केही बढी छ । कम्पनीले यसमा एङ्गुलर हेडल्याम्प र डुअल टोन बम्परको साथमा स्लोपीङ बोनेट दिएको छ ।
एमजी(फोरमा सेन्टर एयर इनलेट र फग ल्याम्पहरू दुवैतर्फ भर्टिकल रुपमा राखिएको छ । साथै, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट र एडास लगायतका फिचर्स पाउन सकिन्छ।