शनिबार आर.बी.बी.एल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ हुँदै

शनिबार आर.बी.बी.एल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ हुँदै
+
-

काठमाडाैँ – राष्ट्रिय वाणिज्य बैंकले ‘दिगो बैंकिङ वृद्धिको लागि गुणस्तर वृद्धि’का लागि आर.बी.बी.एल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४ आयोजना गर्ने भएको छ।

हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरुको बारेमा अर्थविद्, बैंकिङ्गविज्ञ तथा उद्यमीहरुका बीचमा ब्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरुलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न बैंकले कन्फ्रेन्स गर्न लागेको हो। कन्फ्रेन्स चैत ३ गते शनिबार काठमाडौँ हुनेछ।

कन्फ्रेन्स अर्थमन्त्री वर्षमान पुनको प्रमुख आतिथ्यतामा हुनेछ। कन्फ्रेन्समा अर्थविद् एवं सांसद डा. स्वर्णिम वाग्ले, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, अर्थ मन्त्रालयका सचिव (राजश्व) डा. रामप्रसाद घिमिरे, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं उद्यमी भवानी राणा, अर्थविद् एवं राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, वरिष्ठ बैंकर्स परशुराम कुँवर, भुवन दाहाल तथा किरणकुमार श्रेष्ठ, फिनटेक विज्ञ सञ्जिव सुब्बा, कमनसेन्स विज्ञ सुजिब शाक्यलगायतले आ–आफ्नो धारणा राख्ने छन्।

कार्यक्रममा सांसद स्वर्णिम वाग्लेको की नोट्स मन्तब्य हुनेछ। बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाको सभापतित्वमा सम्पन्न हुने कार्यक्रममा करिब ४५० जनाको उपस्थिति रहने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?