म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा

म्यानचेस्टर सिटी एफ ए कपको सेमिफाइनलमा
+
-

इंग्लिस क्लब म्यानचेस्टर सिटीले जारी सिजनपनि आफ्नो ‘ट्रेबल’ लक्ष्यलाई कायमै राखेको छ। गत संस्करण एफएकप, प्रिमियर लिग र च्याम्पियन्स लिग जितेको सिटी जारी संस्करणमा पनि एफ ए कपको सेमिफाइनलमा स्थान बनाउन सफल भयो।

म्यानचेस्टर सिटी एफएकपमा लगातार ६ संस्करण सेमिफाइल पुग्ने पहिलो टोली समेत बनेको छ। पेप ग्वार्डिओलाको सिटीले सहज जित निकाल्ने क्रममा उपाधि दाबेदार मानिएको न्युक्यासल युनाइटेडलाई २-० ले पराजित गर्यो। खेलमा ७५ प्रतिशत पोसेसन बनाएको सिटीका लागि बर्नान्डो सिल्भालेनै दुवै गोल गरेका थिए।

पहिलो हाफमै दुई गोलको अग्रता बनाउने क्रममा सिल्लभाले १३ औं मिनेटमा सिटीलाई अग्रता दिलाए। ३१ औं मिनेटमा सिल्भाले रुवेन डायसको पासलाई सदुपयोग गर्दा सिटीले २-० को अग्रता बनाउन सफल भयो। त्यसपछि दुवै तर्फबाट थप गोल हुन नसक्दा सिटी २-० ले विजयी भयो। त्यस्तै एफ ए कपअन्तर्गत नै भएको अर्को खेलमा कोभन्ट्री सिटीले वल्भेसलाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

अब अन्तराष्ट्रिय ‘ब्रेक’पछि सिटीले इंग्लिस प्रिमियर लिगमा अङ्क तालिकामा शीर्ष स्थानमा रहेको आर्सनलसँग ३१ मार्चमा प्रतिस्पर्धा गर्नेछ। उक्त खेलमा जित निकाल्दै सिटी आफ्नो प्रिमियर लिग च्याम्पियनको दौडलाई बलियो बनाउने लक्ष्यमा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?