झापामा ब्राउन सुगरसहित २ जना पक्राउ

झापामा ब्राउन सुगरसहित २ जना पक्राउ
+
-

झापा- ५ ग्राम २० मिलिग्राम ब्राउन सुगरसहित झापा बुद्धशान्तिका दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा बुद्धशान्ति ३ बस्ने २९ वर्षीय भीमबहादुर मगर र बुद्धशान्ति २ बस्ने २४ वर्षीय रोशन उपरकोटी रहेका छन्।

शनिबार साँझ ७:३० बजेको समयमा मेचीनगर –१३ स्थित चारआली– इलाम रोडमा लागुऔषधको कारोवार हुँदै गरेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, धुलाबारी, लागुऔषध नियन्त्रण ब्यूरो, काँकरभिट्टा र प्रहरी चौकी, चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबारेतर्फबाट आउँदै गरेको मे ३ प १०२४ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गरेको थियो।

त्यसक्रममा मोटरसाइकल चालक मगरको साथबाट ५ ग्राम २० मिलिग्राम ब्राउन सुगर फेला परेको थियाे।

सोही स्थानमा उनीसँगै लागुऔषध कारोवार गर्न खोज्ने बुद्धशान्ति २ बस्ने उपरकोटीलाई पनि नियन्त्रणमा लिइ लागुऔषध र मोटरसाइकलसहित इ.प्र.का.धुलाबारी ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?