मध्यरातमा कान्ति बाल अस्पतालको लफडा: भएको के हो?

मध्यरातमा कान्ति बाल अस्पतालको लफडा: भएको के हो?
+
-

काठमाडाैँ- विगत १२ दिनदेखि बिरामी रहेकी ७ वर्षीया सेशन शाहीको किड्नीमा समस्या आएर बुटवलको आम्दा अस्पतालमा उपचार भइरहेको थियो। 

आम्दा अस्पतालमा उपचार सम्भव नभएपछि उक्त अस्पतालले काठमाडौँको कान्ति बाल अस्पतालमा रिफर गरिदियो। बिरामी बालिकाको घर बाग्लुङको नीसीखोला हो।

 आम्दा अस्पतालले उनलाई चैत ६ गते मंगलबार कान्ति अस्पताल रिफर गरेको उनका बुबा सूर्यबहादुर शाहीले बताए। 

बुटवलबाट काठमाडौँ ल्याउँदै गर्दा बाटोमा बिरामीलाई सास फेर्न गाह्रो भएको थियो। बिरामीको अवस्था नाजुक हुँदै गएपछि भरतपुरमा राखेर केही सहज बनाइ काठमाडौँसम्म ल्याइएको थियो। मलेखु ल्याइपुर्‍याउँदा अवस्था झन् नाजुक बनेपछि जसोतसो गरेर काठमाडौँ ल्याइएको उनका बुबाले बताए। 

कान्ति बाल अस्पतालमा उनीहरु मंगलबार राति ११ बजेपछि आइपुगेका थिए। बिरामीको अवस्था नाजुक भएकाले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने थियो तर अस्पतालले भर्ना गर्न नमानेको आफन्त बताउँछन्। अस्पतालले ‘यहाँ आइसियु बेड खाली छैन, अन्त लैजानुस्’ भनेको घटनाका प्रत्यक्षदर्शी पत्रकार राज सुवेदीले बताएका छन्। पत्रकार सुवेदीले मंगलबार राति १ बजे सामाजिक अस्पतालमा अस्पतालमा आइसीयु बेड खाली हुँदा पनि भर्ना नलिइएको बताएका छन्। 

उनले लेखेका छन्- मलाई अस्पतालकै एकजना जुनियर कर्मचारीबाट एउटा आइसीयु खालि भएको सूचना प्राप्त भएको थियो। सोही बेड छटपटाइरहेको त्यो बिरामीको प्राण जोगाउन पर्याप्त थियो भन्ने बुझाइसहित पहल गरिदिन मैले आग्रह गरेँ। मेरो ठाउँबाट त्यो उपाय नलागेपछि माननीय देवेन्द्र पौडेलसहित ९ जना बाग्लुङका नेतालाई फोन गरेँ। तर, रात छिप्पिसकेकाले पनि होला कसैको फोन उठेन।

अहिले बिरामीको नेपाल भारत मैत्री अस्पतालमा उपचार भइरहेको छ। तर अहिले नै डाक्टरले ठिक हुन्छ भन्न सक्ने अवस्था नभएको बिरामीका बुवाले बताएका छन्। सामाजिक सञ्जालभरि यस घटनामा कान्ति बाल अस्पतालको गम्भीर लापरवाही भएको भन्दै आरोप लागिरहेको छ। 

कान्ति अस्पतालमा बिरामीको उपचारमा लापरबाही गरिएको आरोप यो पहिलो भने होइन। यस अगाडि पनि बिभिन्न समयमा अस्पताललाई आरोप लाग्दै आएको छ।

मंगलबार रातिको त्यो घटनाबारे बुधबार सामाजिक सञ्जालमा चर्काे आलोचना भएको छ। आरोप र आलोचना धेरैपछि अस्पतालले बुधबार विज्ञप्ति नै निकालेर खण्डन गरेको छ। उसले बिरामीका आफन्तले भनेअनुसार अस्पतालले भर्ना लिन नमानेको कुरा झुट भएको बताएको छ।  मंगलबार राति ११:२५ मा बिरामीलाई अस्पतालको इमर्जेन्सी कक्षमा लगिएको र ट्राइएजको स्टाफ नर्सले ट्राइएज स्टेसनमा राखी थप उपचारको लागी चिकित्सक सम्म पुर्‍याएको अस्तपताले बताएको छ। 

चिकित्सकले बच्चाको जाँच गर्दा बच्चाको अवस्था गम्भीर तथा स्वास प्रस्वासमा कठिनाइ भएकाले ‘एयर वे’ सुरक्षित गर्न इन्ट्युबेट गरिएको तथा यस्तो अवस्थामा बच्चालाई पीआइसीयुमा राख्नुपर्ने जानकारी बिरामीको आफन्तलाई दिएको अस्पतालले बताएको छ। उक्त समयमा अस्पतालको पीआईसीयू बेड खालि नभएकोले अन्त खोज्न आफन्तलाई जानकारी गराएको पनि अस्पतालले बताएको छ। आफन्तले यो कुरा नसुनेर इमर्जेन्सीमा राखेर उपचार गर्न अस्पतालाई जवाफ दिएको पनि बताएको छ। अन्त्यमा, बिरामीका आफन्तले खोजेको स्थानमा बिरामीका साथमा एकजना ड्युटीमा भएका चिकित्सकसहित बिरामीलाई इन्ट्युबेट गरिएको अवस्थामा अन्यत्र पठाइएको अस्पतालले बताएको छ।

यता बिरामीका बुबाले भने अस्पतालले सुरुबाटै भर्ना लिन नमानेकाे र बारम्बार अन्त गएर आइसियु खाेज्न भनेकाे बताए। उनले बाहिर खाेजेकाे अस्पतालमा आइसियु भेटिएपछि अनुरोध गरेपछि बिरामीकाे साथमा चिकित्सक गएकाे बताएका छन्।

यस्ताे छ विज्ञप्ति

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?