
अ
+
अ
अ
-
काठमाडौँ– सिटिजन्स बैंकका ग्राहकलाई भारत स्थित द मेडिसिटी अस्पतालले १५% छुट दिने भएको छ।
बैंक र अस्पताल बीच सिटिजन्स बैंकका कार्ड वाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा पुनः हस्ताक्षर भएको हो।
गुँडगाँव, हरियाणा स्थित मेदान्त अस्पतालमा उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका हुन्।
आगामी दिनहरुमा पनि यस सहकार्यको निरन्तरताले भारतमा स्वास्थ्य उपचार गराउन जाने बैंकका ग्राहकहरुलाई उपचारका क्रममा थप सहज सेवा प्राप्त भई लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ। यो सुविधा सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरुले पाउने बैंकले जनाएको छ।