गणतन्त्र ढाल्न अब एक धक्का मात्र चाहिन्छः राजेन्द्र लिङ्देन

गणतन्त्र ढाल्न अब एक धक्का मात्र चाहिन्छः राजेन्द्र लिङ्देन
+
-

झापा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र ढाल्न अब एक धक्का मात्र चाहिने बताएका छन् ।

झापाको बिर्तामोडमा शनिवार आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता अब धर्मरको स्थितिमा रहेको बताए ।

उनले भने, ‘यो गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता कांग्रेस, एमाले र माओवादीको हो । यी व्यवस्था ढाल्न अब एक धक्का काफी छ ।’

ठूला ‘भनाउँदा’ पार्टीहरूले देश विकासमा कहिले ध्यान नदिएको उनको भनाइ थियो । देश विकासका लागि राप्रपाको नेतृत्व अनिवार्य भइसकेको लिङ्देनको दाबी थियो ।

मिटरव्याज, सहकारी ठगीलगायत बित्तीय समस्यामा परेका नागरिकहरूको समस्या समाधानका लागि छुट्टै उच्चस्तरीय आयोग गठन गर्नुपर्नेमा लिङ्देनको जोड थियो ।

सभालाई राप्रपाका उपाध्यक्षद्वय बुद्धिमान तामाङ, रबिन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत नेताहरूले गणतन्त्र नेपालका लागि ‘घाँडो’ भएको बताएका थिए ।

राप्रपाका नेताहरूले चैत २७ गतेदेखि काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागी हुन सबैलाई अपिल गरेका छन् ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?