
अ
+
अ
अ
-
झापा – झापाको शिवसताक्षीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
शिवसताक्षी–११ उत्तर रतुवामाई आयोजनाको वन क्षेत्रमा दाउरा खोज्न गएका स्थानीयबासी ६० वर्षीय पवित्रा भेटवालको बुधबार साँझ जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।
उनका श्रीमान् दिलिप भेटवाल सख्त घाइते भएका छन्। उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको छ।
भेटवाल दम्पत्ती बुधवार दिउँसो दाउरा खोज्न गाउँसँगै जेडिएको बनमा गएका थिए। श्रीमान् साइकलमा र श्रीमतीले डोकोमा दाउराको भारी हाल्दै गर्दा हात्तीले आक्रमण गरेको स्थानीयबासीले बताए।