
काठमाडौँ – सिटिजन्स बैंकले विराटनगरमा अवस्थित मानव सेवा आश्रमलाई सहयोग प्रदान गरेको छ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मानव सेवा आश्रमलाई दैनिक उपभोग्य खाद्यान्न सामाग्रीलगायत अन्य आवश्यक सामाग्रीहरु उपलब्ध गराएको हो।
विभिन्न दाताबाट प्राप्त सहयोगबाट सेवा आश्रम सञ्चालन भइरहेको छ। सेवा आश्रममा बिहीबार आयोजित एक समारोहकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सहयोगस्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन्।
समारोहलाई सम्बोधन गर्दै पोखरेलले मानव सेवामा समर्पित आश्रम सञ्चालन गरेर समाजमा अनुकरणीय काम गर्दै आएको संस्थालाई सानै भए पनि सहयोग प्रदान गर्न पाउँदा आफूलाई खुसी महशुस भएको बताए।
उनले दीन दुःखी बेसाहराहरुलाई सानो भए पनि सहयोग गरेर समाजप्रतिको उत्तरदायित्व बोध गर्न पाँउदा हर्षित भएको पनि बताए।
बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी गराएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १७ लाख ३८ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।