चैत २२ देखि ललितपुरमा ‘ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४’ हुँदै

चैत २२ देखि ललितपुरमा ‘ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४’ हुँदै
+
-

काठमाडौँ– मेड इन नेपाल नारा सहित आगामी चैत २२ गतेदेखि ललितपुरमा ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ हुने भएको छ।

ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने एक्स्पोको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ।

एक्स्पो ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ गतेदेखि २६ गतेसम्म हुने छ। एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, दक्षिण कोरियालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी सामनहरु इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ।

एक्स्पोमा पाकिस्तान, भारत, थाइल्याण्ड, टर्कि, मलेसिया, बङ्गलादेश र नेपालका उत्कृष्ट उत्पादनको करिब १०० भन्दा बढि स्टलहरु रहने एक्स्पोका संयोजक सुनिल विष्टले जानकारी दिए।

एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा राखिने ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए।

ललितपुर चेम्बर अफ कमर्सले इण्ट्ररडक्सन ट्रेड शो नेपाल प्रा.लि सँगका सहकार्यमा पहिलो पटक ललितपुरको मुख्यकेन्द्र बिन्दु जावलाखेल फुटबल ग्राउण्डमा आयोजना गर्न लागेको हो।

ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्शको सहयोग, जावलाखेल युथ क्लबको सहयोगमा एक्स्पो सञ्चालन हुने भएको हो।

एक्स्पोमा मेड ईन ललितपुरको पेभिलिन रहने छ जसमा ललितपुरमा उत्पादन हुने मौलिक निकासी योग्य समानहरु र दैनिक उपभोग्य सामानहरुका अतिरिक्त आफ्नो ब्राण्डको परिचित गराउने र ललितपुरको विभिन्न वडाहरुबाट उत्पादन हुने विभिन्न सामानहरुको प्रर्दशनी रहने अध्यक्ष शाक्यले बताए,

साथै एक्स्पोमा महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको उद्यमी व्यवसायीहरुले पनि आफ्नो उत्पादनलाई प्रर्दशनी गराउने छन।
यस एक्स्पोमा सहभागी विभिन्न छिमेकि  राष्ट्रहरुका प्रतिष्ठित व्यवसायीहरुको सहभागीता रहने छ।

एक्स्पोले सार्क राष्ट्रबीचको कला संस्कृति र रितीरिवाज आदान प्रदान गर्न उत्कृष्ट भुमिका खेल्न र आर्थिक गतिविधिमा सहयोग पुर्‍याउने  शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताए।

पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छ। आयोजकका अनुसार एक्स्पोले आर्थिक गतिविधिलाई बढाउन सहयोग पुग्ने छ।

मेलाको आकर्षणको रुपमा खानाको लागी विभिन्न देशका विभिन्न स्वादका फुड स्टल, साना बालबालिकाहरुका लागि गेमिङजोन, फोटो सुट र विविध सांस्कृतिक कार्यक्रम रहेका छन।

मेलाको आकर्षणको रुपमा ललितपुरमा उत्पादित काठ बाट बनाइएका कलाकृर्तिहरु, मूर्ति, कार्पेट र कपडाको जीवन्त प्रर्दशन गरिने छ।

प्रथम पटक हुन गैरहेको यस एक्स्पोले अहिलेको नेपालको परिस्थितीमा आर्थिक चलाएमान गर्न र नेपालमा उत्पादन भएका सामानहरु अन्तराष्ट्रिय बजारमा पुर्‍याउन तथा विभिन्न देशको उत्कृष्ट व्यवसायीहरु सँग सामिप्यबाट समग्र ललितपुरको आर्थिक स्थिति सुदृढ हुने विश्वास लिएकाे आयोजकले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?