हात्तीको आक्रमणबाट झापामा फेरि एक महिलाको मृत्यु

हात्तीको आक्रमणबाट झापामा फेरि एक महिलाको मृत्यु
+
-

झापा- जंगली हात्तीको आक्रमणबाट झापामा फेरि एक जनाको मृत्यु भएको छ।

गएराति झापाको कमल गाउँपालिका ५ बाह्रकोठेमा एक महिलाको हात्तीको आक्रमणबाट ज्यान गएको हो। विगत तीन दिनमा हात्तीको आक्रमणबाट झापामा दुई जनाको ज्यान गइसकेकाे छ।

हात्तीले आक्रमण गर्दा कमल गाउँपालिका ५ बाह्रकोठेकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

छिमेकी पवित्रा बेघाको त्रिपालको छाना, टाटीको बेरा भएको भुइँतले झुप्रो घरमा सुतिरहेको अवस्थामा राति ११.५० बजेको समयमा एक्कासी जंगली हात्ती आएर घर भत्काउँदै गर्दा निस्केर भाग्ने क्रममा खड्गमायालाई हात्तीले आक्रमण गरेको थियो।

बुधवार जंगली हात्तीले शिवसताक्षी ११ का भेटवाल दम्पतीलाई आक्रमण गर्दा श्रीमती ६० वर्षीया पवित्रा भेटवालकाे मृत्यु भएको थियो भने श्रीमान् ६२ वर्षीय दिलिप भेटवाल गम्भीर घाइते भएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?