शिक्षा सुधारका लागि छनोट भएका कर्णालीका यी हुन् १३ विद्यालय

शिक्षा सुधारका लागि छनोट भएका कर्णालीका यी हुन् १३ विद्यालय
+
-

सिमकोट – कर्णाली प्रदेश सरकारले सार्वजनिक शिक्षा सुधारका लागि नमूना विद्यालय भौतिक पूर्वाधार निर्माण गर्न दश जिल्लाका तेह्र विद्यालयहरुलाई छनोटमा परेका छन्। निश्चित सुचकका आधारमा प्राविधिक टोलीको स्थलगत अवलोकनका आधारमा ती विद्यालयहरु छनौटमा परेका हुन््।

एक जिल्ला एक नमुना विद्यालय भौतिक पूर्वाधार निर्माण एवं शिक्षण सिकाइ सुधार र शिक्षकको पेसागत सहयोग कार्यक्रमका लागि ती विद्यालय छनोटमा परेका हुन्। सार्वजनिक शिक्षा सुधारसम्बन्धी कार्यविधि, २०८०’ अनुसार विद्यालय छनोट गरिएको हो।

चैत ५ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयबाट १० जिल्लाका तेह्र विद्यालय नमुना विद्यालय भौतिक पूर्वाधार निर्माणका लागि छनोट गरिएको शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले जानकारी दिए।

छनोटमा परेका विद्यालयमा हुम्लाको अदानचुली गाउँपालिका –१ को सल्लाघारी मावि, डोल्पाको ठूलीभेरी नगरपालिका– ३ दुनैको सरस्वती मावि, मुगुको मुगुम कार्मारोङ गाउँपालिका–३ ताखाको नेपाल राष्ट्रिय आवासीय विद्यालय, जुम्ला कनकासुन्दरी गाउँपालिका –५ लुड्कुको कनकासुन्दरी मावि, कालीकोट नरहरीनाथ गाउँपालिका –१ कोटवाडाको नन्दादेवी मावि, दैलेख आठबीस नगरपालिका –४ राकमको जनज्योति मावि र सुर्खेत लेकबेसी नगरपालिका–१ लेखफको आदर्श मावि छन्।

एक नमुना विद्यालय भौतिक पूवार्धार निर्माणअन्तर्गत भूकम्प प्रभावित जिल्लामा भने दुई दुई विद्यालय छनोट गरिएको छ। जसमा जाजरकोट छेडागाड नगरपालिका– १२ कार्कीगाउँमा रहेको नारायणी मावि, शिवालय गाउँपालिका– ६ थलारैकरको ईन्द्रज्योति मावि, सल्यान कपुरकोट गाउँपालिका–४ किमचौरको नेपाल राष्ट्रिय मावि, दार्मा गाउँपालिका–४ फारुलाचौरको जनज्योति मावि छनोटमा परेको उनको भनाइ छ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका २ नयाँ बजारस्थितको शीतल मावि र मुसिकोट नगरपालिका – ५ सेरीगाउँमा रहेको यमुना नन्द मावि छनोटमा परेका छन्। फिडर विद्यालय, विद्यार्थी तथा शिक्षक संख्या, विद्यालयको भौतिक अवस्था, प्रविधिको प्रयोगजस्ता आवश्यक मापदण्डका आधारमा विद्यालय छनोटमा परेका हुन्।

छनोटमा परेका विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा कक्षाकोठाको शिक्षण सुधारका लागि १४ करोड बजेट विनियोजन गरिएको छ। विद्यालयको माग प्रस्तावका आधारमा बजेट निकासा दिइने छ। विनियोजित बजेट चालु वर्षमै कार्यान्वयन हुने र आवश्यकताका आधारमा बजेट थपिँदै जानेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?