
काठमाडौँ– नेपाल ल्युब आयल लिमिटेडले आफ्ना मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।
नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले अमलेखगंजस्थित आफ्नो फ्याक्ट्रीमा मेकानिक्सहरुलाई टेक्निकल प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रममा सुदुरपश्चिम क्षेत्रका ३० भन्दा धेरै मेकानिक्सहरुले सहभागिता जनाएका थिए।
मेकानिक्सहरुलाइ सिप विकास गर्नका लागि चाहिने सान्दर्भिक टेक्निकल तालिम प्रदान गरिएको र फ्याक्ट्रीको उत्पादन प्रक्रिया तथा यहाँ प्रयोग हुने उच्चस्तरिय टेक्नोलोजीहरुको बारेमा बिस्तृत जानकारी गराईएको लिमिटेडले जनाएको छ।
लिमिटेडले गल्फ लुब्रिकेन्ट्सप्रतिको मनोबल अझै वृद्धि गर्ने उद्देश्यले फ्याक्ट्री भिजिट पनि गराएको थियो। कार्यक्रमा सहभागी सबैलाई सर्टिफिकेट र खादा ओडाएर सम्मान गरिएको थियो।
कार्यक्रामको समापनमा बोल्दै नेपाल ल्यूब आयलका नायब महाप्रबन्धक हिरालाल रावतले मेकानिक्सरुको सिप बिकाशमा आफु हरदम प्रतिबद्ध रहेको र सोहि अनुरुपको कार्यक्रम आगामी दिनहरुमा पनि संचालन हुने बताए।
लिमिटेडमा अनुसरा गल्फ फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा विश्वमै परिचित ब्रान्ड रहेको र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउँछ।