झापाको बिर्तामोडमा अटोरिक्सा अनियन्त्रित भइ पल्टियो, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा अटोरिक्सा अनियन्त्रित भइ पल्टियो, एक जनाको मृत्यु
+
-

झापा- झापाको बिर्तामोड–३ बिर्ताबजारमा मंगलबार साँझ अटोरिक्सा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटोरिक्सा साँझ सवा सात बजे महेन्द्ररत्न मावि अगाडिको सडकमा अनियन्त्रित भइ पल्टिँदा ताप्लेजुङ घर भइ हाल बिर्तामोड ९ बस्ने ३६ वर्षीय भीमबहादुर तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा ताप्लेजुङ जिल्लाको पाथीभरा याङवरक–२ बस्ने ३१ बर्षीया सामना लिम्बू र तामाङ घाइते भएका थिए ।

उनीहरुलाई उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा तामाङलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

अर्की घाइते सामना लिम्बूको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीब्र गतिका कारण सो अटोरिक्सा सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएर पल्टिएको जनाइएको छ ।

प्रहरीले अटो र अटोरिक्सा चालक बिर्तामोड ९ का ४२ वर्षीय अरुणकुमार तामाङलाई नियन्त्रणमा लिएको छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?