गुजरातमा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा

गुजरातमा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा
+
-

काठमाडाैँ – गुजरात भ्रमणमा रहेको नेपाल एक खेल अगावै एसएमएस फ्रेन्डसिप टी–२० क्रिकेटको फाइनलमा स्थान बनाएको छ। बुधबार भएको आफ्नो तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो।

टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले गुजरातसमक्ष १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा गुजरात निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो। गुजरातका लागि कप्तान उमंग रोहित कुमारले ४७ रन बनाउनु सर्वाधिक रह्यो।

त्यस्तै हर्स देशाइले २९ रनको नटआउट इनिङ खेले। स्मिथ पटेलले १९ रन बनाउँदा अभिषेक देशाईले २० रन बनाए। त्यस्तै प्रियस पटेलले १७ रन जोडेका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उत्कृष्ट सुरुवात गर्दै उच्च स्कोर बनायो। ओपनर कुशल भुर्तेल र आसिफ शेखका बिच पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी भयो।

कुशल ४४ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६७ रन बनाएर आउट हुँदा आसिफ शेख ५१ बलमा १० चौका र ५ छक्काको सहयोगमा ८५ रन बनाएर आउट भए। यद्यपि पछिल्लो क्रम भने चल्न सकेन।नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रनको स्कोर बनाउन सफल भयो।

यो प्रतियोगितामा यसअघि नेपालले बरोडालाई २७ रनले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरेको थियो। त्यसअघि आफ्नो पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो। अब नेपालले लिगचरणको अन्तिम खेलमा बरोडासँग खेल्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?