सन्दीपको मुद्दामा क-कस्ले गरे बहस?

सन्दीपको मुद्दामा क-कस्ले गरे बहस?
+
-

काठमाडौं – नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दामा पाटन उच्च अदालतमा आज प्रारम्भिक चरणको वहस भयो। विशेष गरेर मुद्दाले ‘पुनरवलोकन’ का लागि भएको वहसमा पाटन उच्च अदालतले औपचारिक रुपमा मुद्दालाई बहसमा लगेको छ।

न्यायाधिश नृप धोज निरौला र कृष्ण राम कोइरालाको संयुक्त इजलासले मुद्दामा अदालतले दुवै पक्षलाई जानकारी गराएर नियमअनुसार गर्न निर्देशन दिएको छ।

मुद्दालाई पुनरावलोकनमा पुर्याउनका लागि वादी तर्फका (सरकारी) वकिल रत्नाकेशरी महर्जनले वहस गर्दा प्रतिवादी अर्थात सन्दीपको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, कृष्णप्रसाद शर्मा, रोशनी पौड्याल, सरोज कृष्ण घिमिरे र श्री रामेश्वर न्यौपानेले बहस गरेका थिए।

वहस पछि अदालतले मुद्दालाई अघि बढाएको छ। आदेशमा भनिएको छ ुवादी नेपाल सरकारको प्रतिवादीलाई अभियोग मागदावी भन्दा कम सजाय भएकोतर्फ र प्रतिवादी सन्दिप लामिछानेको आफूलाई कसूरदार ठहर गरी सजाय भएतर्फ शुरु काठमाडौं जिल्ला अदालतको फैसला चित्त नबुझाई यस अदालतमा पुनरावेदन परेको देखिँदा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४० को उपदफा (३) को प्रयोजनार्थ प्रतिवादीको पुनरावेदनको जानकारी वादी नेपाल सरकारलाई र वादी नेपाल सरकारको पुनरावेदनको जानकारी प्रतिवादीलाई दिई नियमानुसार गरी पेश गर्नू।’

प्रारम्भिक सुनुवाई सँगै मुद्दाको अर्को पेशी ३ वैशाखका लागि तोकिएको छ। अब सन्दीपको र सरकारी पक्षको पुनरावेदनमा सुनुवाई हुने सुरु हुने छ। सम्भवत अब वैशाख पहिलो साता पेशी हुने छ। योसँगै अब अदालतमा मुद्दाको ‘पुनरावलोकन’ को ढोका खुलेको छ। सन्दीप पक्षका कानुन ब्यबसायि सरोज कृष्ण घिमीरेले अब जिल्ला अदालतको मुद्दाको पुनरावलोकनको वहस औपचारिक रुपमा उच्च अदालतमा सुरु भएको बताए।

सन्दीप पक्षका वरिष्ठ कानुन ब्यबसायिले जिल्ला अदालतले प्रचलित मान्यता र न्यायिक सिद्दान्त विपरित गएर फैसाल गरेको भन्दै पुनरावलोकन गर्नु पर्ने वहस गरेका थिए। उनीहरुले फौजदारी अपराध सम्वन्धि सतही फैसलाले दिर्घकालिन असर गर्ने भन्दै न्यायाधिशको ध्यान आकर्षण गरेका थिए। उनीहरुले सन्दीप कानुनि षड्यन्त्रमा परेको भन्दै उनलाई न्याय उच्च अदालते दिने विश्वास ब्यक्त गरेका थिए।

गत १३ पुसमा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा दोषी ठहर गरेको थियो। न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई बलत्कार मुद्दामा दोषी ठहर गर्दै किशोरी नाबालिग रहेको फैसला गर्दै उनलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश दिएको थियो।

त्यसपछि सन्दीप १० फागुनमा जिल्ला अदालतको आदेश विरुद्ध पुनरावेदनका लागि उच्च अदालतमा पुगेका थिए। सन्दीप उच्च अदालत पुगेलगतै १ चैतमा सरकारी पक्षपनि पीडित ‘गौशाला २६’ नाबालिक रहेको भन्दै उच्च अदालत पुगेको छ। अदालतले आजका लागि पेशी तोकेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?