हाई ईट्स मी!

हाई ईट्स मी!
+
-

यो कथामा म अम्नी प्रिजेन्ट छु। यदि छन् भने ईश्वरजस्तै! म जता पनि छु बेला बेलामा आइरहन्छु! यसै। बस यु ही। यो कथामा इभेन्टहरू सिक्वेन्समा छैनन्। जसको एक मात्र उद्देश्य पाठकलाई उल्झनमा पार्नु हो। झुठ मिसायर सत्य बोल्नु हो। तर तपाईं स्मार्ट हुनुहुन्छ। सब बुझ्नुहुन्छ। तपाईं नहुनु होला तर तिमी त पक्कै स्मार्ट छौ। अनि यो कथामा कसले कति खेर कसलाई के भनेको पत्ता लगाउने जिम्मा पनि हजुरकै ल!

लेख्नु के हो? यति उतिको हावादारी। उदाहरणका लागि- केटी दुखी थिई, अर्थात् मान्छेले प्राय: खुसी खोज्छ, प्राय: मान्छेजस्तै उसले पनि खोजी। पाइन। र खोजेको चीज नपाएपछि मान्छे दु:खी हुन्छ। त्यसैगरी ऊ पनि दु:खी भई! सिम्पल। अब यसलाई कसरी लेख्न सकिन्छ? सायद यसरी!

मैले उसका आँखामा हेरें। त्यहाँ केवल उदासी छल्किरहेको थियो। त्यो केवल उदासी मात्र थिएन। त्यहाँ प्रेम थियो। प्रेमले भरिएको सागर! र सागर नुनिलो हुन्छ, सागर पीडादायक हुन्छ। क्रुर हुन्छ। गहिरो हुन्छ। उसका आँखाजस्तै, त्यसमा टल्किएका आँसुजस्तै! र सायद उसका आँखाको उदासी प्रेम थियो। त्यो प्रेम जसको कतै जाने गन्तव्य थिएन। त्यो प्रेमी कहाँ छ अचेल जसलाई ऊ प्रेम गर्थी। ऊभन्दा धेरै दूर। आँसु जुन प्रेमीको देब्रे छातीमा झरेको थियो। त्यसले पोल्यो कि नाइँ प्रेमीको मुटु?क्षतविक्षत बनायो कि नाइँ उसका धमनीलाई। अचेल उसका धमनीमा आँसु बग्छन् रे। आँसुमिश्रित मुटु मरेको मुटु हो। र मरेको मुटुले प्रेम गर्न सक्दैन। प्रेमिकाको आँसुको स्पर्शमा सायद बिर्सियो प्रेमीले प्रेम गर्न। प्रेम बिनाको प्रेमी केवल मान्छे हो। साधारण मान्छे। उमंगरहितको। केवल आँसुसहितको। यस्तै यस्तै घुमाइ फिराइ, शब्दहरूको थुप्राइ! ब्लाब्लाब्ला…

यस्ता शब्दहरूमा सत्यता नहुन पनि सक्छन्। टप सिक्रेट कुरा भन्दिहालौं यसमा धेरै सत्य छन्। यी शब्द तिमीलाई नै हो। मेरो मुटुको धड्कन बढाउनेलाई, मलाई सबकुछ महसुस गराउनेलाई। मायालु हेराइलाई अनि त्यो हेराइको गहिराइलाई। न्यानो आलिंगनलाई, तिम्रो मनलाई।

यो कथाको नायक पियूष हो। नायकत्व के हो र ऊ त्यस परम्परागत परिभाषाभित्र पर्छ पर्दैन, त्यो डिबेटको कुरा हो। पछि कुरा गर्दै गरौंला जसको अर्थ हुन्छ पछि कुरा नगरौंला, बस केहे दिया तो केहे दिया! हेहेहे… लाेल!

हिरोले प्रेमका बारेमा धेरै पढेको छ, सुनेको छ, थुप्रै रोमकम हेरेको छ, थुप्रै के ड्रामा सकेको छ, साहिरदेखि स्वीफ्ट्सम्मका गीत सुनेको छ तर प्रेम गरेको चाहिं छैन। तर पनि दुनियाँलाई प्रेमबाट हार खाएर विरक्तिएको गरिब कविजस्तै देखाउँछ।

र कथाकी नायिका चाहिं मधु। मधुलाई पढ्न, घुम्न, फिल्म हेर्न, गीत सुन्न खुबै मन पर्छ। नायक नायिकालाई समाज, साहित्य, सिनेमा, संगीतमा रुचि यसकारण छ ताकि लेखकले बीचबीचमा फिलोसफी पेल्न सकोस्। नत्र फिल्म हेरेर के हुन्छ र? दिउँसै निदाउने नाटक हेरेर के पाइन्छ?

उनीहरूको पहिलो भेट कहाँ भयो? विद्यार्थी आन्दोलनमा? जहाँ मान्छे तितरबितर पार्न प्रशासनले पानीको फोहोरा फ्याँक्दा हिरो नायिकाको अघि उभिएको थियो।हिरोको फैलिएका हात। भिजेको कपाल। हिरोनीको आँखामा हात! भो भो अति नगरम् अझ ब्याकग्राउण्डमा हम देखेंगे पनि राख्ने हो कि? वानबी दुल्कर सलमान।
होइन कलेजको लाइब्रेरीमा भएको थियो। जहाँ ऊ दजाईको नो लङ्गर ह्युमन पढ्दै थिई। भो भो योभन्दा बढी रोम्यान्टिक हुन्छ।

उनीहरूको भेट त्यसरी नै भयो जसरी प्राय: कलेजमा हुन्छ। क्लासमा देख्दादेख्दै कहिले चिनियो। कहिने बोलियो। कहिले खुलियो। थाहै हुँदैन। ऊ प्राय: कलेज स्कुटीमा आउने गर्थी। स्कुटीबाट ओर्लेर नायिकाले हेलमेट खोलेको दृश्य हिरोलाई खुब मन पर्थ्यो। लेखक महोदय, यति लेखेपछि स्लो मोसन के छुटाउने? किन नायिकाले किताब समातेर हिँड्दै गर्दा उसका कपाल नउडाउने? तुमसे मिलके दिल का है जो हाल, क्या कहें… लोल!

हिरोले सहरमा पठाओ गर्दा (यहाँ पठाओ भनेको इनड्राइभर हो) उसमा जाग्दै थियो एउटा प्रेमिल रहर जहाँ ऊ नायिकाले चलाएको स्कुटी पछि बसोस्। र घुमोस् काठमाडौं सहर, उनले भनून् मनको रहर कान्छालाई घुमाउने काठमाडौं सहर! टुङ टुङ! मनको रहर त हुन्। रहर त के के जाग्छन् के के! रहर त सबैभन्दा धनी मान्छे भएर संसारको गरिबी, भोक मेटाउन मन लाग्छ। धत् संसारको धनी मान्छे भएर कसैले भोकमरी मेटाउँछ? धनी भएपछि त सुरुमा स्पेसमा जानुपर्छ। ताइँ न तुइँको मिम राख्न ट्वीटर किन्नु पर्छ। मिडिया आफ्नो बनाउनु पर्छ। हिरो/हिरोइनलाई पैसा छराएर नचाउन पर्छ, पिआर बिर्सायर कति हम्बल भन्ने न्यारेटिभ सेट गराउन पर्छ, भोकमरी त सदियौंको समस्या, कौन्सा कृष्ण छन् र यहाँ सुदामाको कनिका पर्खिएका।

कथाका नायक/नायिका देशको कुनै विश्वविद्यालयमा पढ्छन्। के पढ्छन्? कल्पना गर्नूस् कुनै विषय जुन पढेर जागिर पाइँदैन। जागिर पाए तलब पाइँदैन। तलब पाए समयमा पाइँदैन। समयमा पाए चाहे जति पाइँदैन।

त्यो कुनै पनि शास्त्र हुन सक्छन् भौतिकशास्त्र, रसायनशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र, विज्ञान, व्यवस्थापन, मनोविज्ञान, दर्शन वा जे सुकै!

कल्पना गर्नूस् तपाईंले पढ्नु भएको शास्त्र, कल्पना गर्नूस् तपाईंले पढेपछि नपाउनु भएको जागिर। बल्लबल्ल जागिर पाएपछि तपाईंलाई देख्दै रिस उठ्ने जागिर! कल्पना गर्नूस् तपाईंलाई उठ्नै मन नलाग्ने बिहान। कल्पना गर्नूस् काम सकिएपछि तपाईंले महसुस गर्नु भएको उन्मुक्ति र शान्ति। कल्पना गर्नूस् तपाईं काममा हुँदा मनमा आउने विचार। के मानव जीवन यसैको लागि हो र? प्रेम र सौन्दर्यका लागि होइन र?

के सौन्दर्यहीन जीवन बाँच्नु पनि अर्थहीनतामै हराउनु होइन र?

*****

म जतिजति कथित ठूलो हुँदैछु, त्यतित्यति महसुस गर्दैछु- मलाई पढ्न र काम गर्न फिटिक्कै मन पर्दैन। अझ कसैले यो काम गर् भन्यो भने त झन् मनै पर्दैन। यो होइन कि म त्यो काम गर्दिनँ। अफकाेर्स गर्छु। आदेश खुरुखुरु मान्छु। जी हजुर! हस् हजुर! भैहाल्छ नि! एक्कैछिनमा है! मानौं म रोबटिक मोडमा छु।

अनि मलाई यो पनि महसुस हुँदैछ- मलाई बोल्न फिटिक्कै मन पर्दैन। अपवाद छन् राम्री केटीहरूसँग बोल्न मन लाग्छ तर स्पोलर अर्लट उनीहरूलाई लाग्दैन। उफ् जिन्दगीको उही एकनासेपन। जीवनमा मैले महसुस गर्नु पर्ने कुरा केही गरिनँ, न प्रेम पूर्णरूपमा गर्न सकें, न जीवन पूर्ण रूपमा बाँचें। वाट ए वेस्टफूल लाइफ! वाट ए वेस्ट अफ युथ! बुलसिट!

सानो छँदा संसार बदल्छु लाग्थ्यो, अहिले आफ्नै जिन्दगी बदल्न सकिरहेको छैन। मान्छे जंगलमै ठीक थियो तर नाइँ मान्छेलाई मृग पछाडि भाग्ने दौड रमाइलो लागेन। अब अहिले कर्पोरेट दौड खुब रमाइलो लाग्दै होला है। के के न लछार्छु सोचेको मान्छेको यो हविगत! हिहिहिखितखितखित! अब फेरि त्यही जंगलमा हिँड्न , ट्रेकिङ जान वर्षमा बल्लबल्ल एक हप्ताको छुट्टी लिनु पर्छ।

ए रिल हे मुस्किल! यो रिल भन्ने कुरामा मान्छे मभन्दा धेरै धनी छन्, खुसी छन्, राम्रा राम्रा ठाउँमा घुमिरहेका छन्। मोटामोटा किताब पढिरहेका छन्। अरू त के दु:खी हुँदासमेत मभन्दा बढी दु:खी छन् र त्यो दुःख फ्ल्याट छैन। एस्थेटिक छ त्यो दुःख दर्दनाक गीतहरूको साथमा। रिलमा सब प्रेममा छन्। म अल्छी अझै बिस्तारामै छु। रिलमा सब घुमिरहेका छन्। म अझै सिरकभित्रै छु। रिलमा मान्छे कन्सर्टमा छन्। म अझै बिस्तारामा? ए छैन छैन! अहिले जबरजस्ती उठेर ताइँ न तुइँको काममा छु।

म चिसोमा उठ्छु नचाहेरै बिस्तारा र सिरकको न्यानो छाड्छु र दर्गुछु! किन? था छैन। केका लागि? त्यो पनि था छैन। के मैले खोजेको यही हो? था छैन। मैले खोजेको चाहिं के हो? नो फ्रिकिङ आइडिया! बाँच्नलाई खानु पर्ने र बस्नलाई भाडा तिर्नु पर्ने नियम मलाई फिटिक्कै मन पर्दैन। अनि भाडा तिर्ने महिना कति छिटो बित्छ तर तलब आउने महिना बित्दै बित्दैन।

यो दुनियाँसँग हारेको र जिन्दगीसँग थाकेको कुनै किल्से कविजस्तै जब म साँझ कोठामा फर्कन्छु। र मेरो एक्लो कोठा मलाई पर्खिरहेको हुन्छ। उही यत्रतत्र फैलिएका किताब जो आफ्ना पान्ना कहिले पल्टिन्छन् भनेर प्रतीक्षामा बसेका हुन्छन्। उही यतात्यता छरिएका कपडा उही जीवनको पुरानै नैराश्य!

****
उसले लेखेको थियो कुनै दिन- प्रेम शान्ति हो, प्रेम तिमीले मलाई बुझ्नु हो, प्रेम तिम्रा आँखा हुन्। प्रेम तिम्रो अस्तित्व हो। हर बिहान जब तिम्रा सुनौला केश मेरो मुहार छाड्छन् दिन बल्ल सुरु हुन्छ। र साँझ तिम्रा गोधूलि केशको स्पर्शमा मात्र ढल्दछ। मान्छेले प्रेम गर्नु ईश्वर भेटाएजस्तै हो। त्यसैले तिमी मेरो विश्वासको साश्वत रूप हौ। तिमी मेरी भगवान् हौं। तिमी मेरो गन्तव्य, यात्रा , पाइला, बाटो, पाउ, सब हौ। सायद मेरो जन्म तिमीलाई प्रेम गर्न भएको थियो।

तिमी त्यही हौ जसले गर्दा यो संसार झेलूँ झेलूँ लाग्छ, तिमी उही हौ जसका लागि यो दुनियाँ थोरै अझै सुन्दर बनाऊँ कि जस्तो लाग्छ! नत्र मलाई दुनियाँको के मतलब? यहाँका मानिसको के मतलब ? म स्वार्थी छु। म तिमीलाई प्रेम गर्छु। म स्वार्थी छु म चाहन्छु तिमी मलाई प्रेम गर। अरू त हु केयर्स? तिमी मैले नेलेखेको कविता हाै। मेरा हरेक शब्द तिम्रा लागि हुन्। सुन्दर कविता , झुर कविता सब तिम्रा लागि समस्त रूपमा , जसरी म तिम्रै हुँ, मेरा सम्पूर्ण कमीकमजोरीहरूको साथमा !

तिमी कमलको फूल
म तालको पानी
मेरा कविता हुन्
तिम्रै सौन्दर्यका प्रतिबिम्ब!

‍****
तिमीलाई मन पर्ने सेलिब्रेटी भनेर मलाई नसाेध है! मलाई सेलिब्रेटी कल्चर नै मन पर्दैन। टेलर स्वीफ्ट, शाहरुख खान। सो, डिस्परेट्ली सिकिङ शाहरुख! तर टेलर, शाहरुखहरू मात्र मान्छे वा सेलिब्रेटी पनि रहेनन्। ईश्वर बनिसके। र ईश्वर हुनुका आफ्नै सीमितताहरू छन्। ईश्वरहरू निरपेक्ष हुन्छन्। ईश्वर हुनु होलोकास्टमा चुप बस्नु हो। जसरी टेलर प्यालेस्टाइनबारे केही बोल्दिनन् , जसरी शाहरुख सिएएबारे केही लेख्दैनन्। मौन स्वीकृति दिन्छन्ता नाशाह ‘जी’ हरूलाई लाई। र बेच्छन् न्यारेटिभ साइलेन्ट रेबेलियनको। तर रेबेलियनहरू प्रेमिल होलान् तर शान्त कहिल्यै हुँदैनन्।

अनि मलाई होझियर पनि त मन पर्छ !
मलाई पनि। हि इज हट !

***
यो काम गर तर फलको आशा नगर भन्ने कुरा कृष्णले चाहिं पक्कै भनेका होइनन् होला। कल्पना गर्नूस् अर्जुनको अवस्था। कृष्णको ब्रिफिङ। अर्जुन तिम्रो सारथी म हुँ , ध्वजामा हनुमानजी बस्नु भाछ। तिमी युद्ध गर। फालिदेऊ आफूलाई कुरुक्षेत्रमा। तर यो स्योर छैन कि तिमीले जित्छौ कि हार्छौ। सुताइदेऊ भीष्मपितामहलाई वाणहरूको बिस्तारामा। घेरिदेऊ उनलाई निराकार, अगम्य मृत्युको बतासले। देखाइदेऊ उनलाई आफ्नै सन्तति सत्ताका लागि रगत बनी बगेको। कथित धर्मयुद्धका सबै नियम तोडिएको। तर अर्जुन यो ग्यारेन्टी चाहिं म लिन सक्दिनँ तिमी जित्छौ या हार्छौ। तब के अर्जुन भन्थे, ‘फिलिङ क्युट माइट लुज अ वार लेटर।’ यदि साथमा कृष्ण र हनुमान हुँदा समेत निश्चितता हुँदैन भने केमा हुन्छ त? त्यसैले यो काम गर फलको आशा नगर भन्ने स्क्याम ओभर वार्क र अन्डर पे गर्ने कर्पोरेट मालिकहरू हो! जसमा कर्मचारीलाई तलब दिनु पर्छ भन्ने बाहेक अरू सब ज्ञान छ, देश दुनियाँको, दर्शन, इतिहासको जो इन्स्टामा प्रेमदेखि लगनशीलता, देशप्रेमदेखि सेल्फ लभबारे ‘ होलसम ‘ ज्ञान पेल्न छाड्दैनन्। जो हो दाइ, एकदम दाइ, सही कुरा दाइ टाइपका पडकास्टमा गएर गरिबी एउटा स्टेट अफ माइन्ड हो। नेपाली मान्छेहरूमा वर्क इथिक्स छैन टाइपका गफ बर्साइरहछन्। यसो भन्दै गर्दा उसका आँखामा सायद प्रसाईं बसेका थिए।

****

अचेल मलाई च्याटमा बोल्न अल्छी लाग्छ।
खान खायौ ?
अरे भोक लागेपछि मान्छेले खाइहाल्छ नि। गान्धी हो र नखानलाई? अङ्ग्रेज भगाउनलाई।
राम्रोसँग सुत ल !
निद्रा लागेपछि मान्छे सुतिहाल्छ नि ।
(यो पाराले तेरो लभ पर्दैन । इफोर्ट लगा भाइ इफोर्ट। केटाहरू भनेका मल्टिपल प्रश्नका उत्तरहरू हुन् बी द बेस्ट एन्सर अर एट लिस्ट ट्राई टु अपिअर लाइक वान)
राम्रोसँग पढ ल।
यो त ठीक छ। पढ्न त मलाई नि मन लाग्दैन आजभोलि। कोही राम्री केटीले त्यस्तो भनोस् त दुई घण्टा अरू पढिन्छ।
(अनि दाजु तिमी हेन्सम छौ त ?
छु नि, हेन्सम मात्र होइन हट नि छु, ह्यासट्याग सेल्फ लव !)

तर म जस्तो हट मान्छे सिंगल नहुनु पर्ने हो। आई एम ए गुड लिस्नर। अनि मसँग थुप्रै विषयको ज्ञान छ। मलाई म्यानचेस्टर युनाइटेडको बिजोग र आरसिबीको कहिल्यै नजित्ने रोगको बारेमा पनि थाह छ! मलाई राजु परियारदेखि रिहानासम्मको गीत मन पर्छ, म केरलादेखि कोरियासम्मका फिल्म हेर्छु, दीक्षितदेखि दजाईसम्मका किताब पढ्छु। मलाई कामुलाई जस्तै बिहान उठेर कफी खाऊँ कि ( भो अर्को अलिक डार्क होला चिल मुड छ ऐले ) नाइँ भन्ने दोधार पनि हुन्छ। बेलाबेला म भित्र शंकर दाजु घुसी हान्छन्। कहिले हरि शंकर, कहिले हाम्रा शंकर। समरीमा म जुन विषयमा नि गफ लाउन सक्ने ज्ञान भाको मान्छु हुँ!

मित्र त्यसलाई ज्ञानी भन्दैनन् नि?
के भन्छन् त?
म्यान्सप्लेनिङ!***

मलाई अन्धकार मन पर्छ तर रात मन पर्दैन, मलाई समय ठीकै लाग्छ तर फुर्सद फिटिक्कै मन पर्दैन! म एक्लै भए सोच्न थाल्छु र सोचाइ भारी हुन्छन्। यिनले मलाई रात रातभर थिच्दछन् सास फेर्न अप्ठ्यारो हुने गरी ! भन्छन् प्रेमको खोजी बन्द गर्नु नै उन्मुक्ति हो। तर म प्रेम खोजिरहेछु। मलाई एक्लोपन असह्य छ र जबजब प्रेम नजिक आउँछ म भाग्दछु मानौं प्रेम अँगाल्न सक्ने साहस ममा छैन। लाग्छ म स्वार्थी छु, सायद फ्रायडका शब्दमा म प्रेम चाहन्छु तर प्रेम गर्न चाहन्न ! यो कुरा फ्रायडले भने वा भनेनन् बाल!

मेरो मन एउटा डिफेक्टिभ पिस हो। म स्वयम् एक डिफेक्टिक पिस हुँ, आफू खासै सही छैन, हिपोक्रेसीको एक भारी डोको बोकी हिँडिराछु तर दुनियाँको हिपोक्रेसीसँग मलाई समस्या छ। जसरी मैले आफैंले अरूको मन दुखाए पनि अरूले मेरो मन दुखाए भनेर दु:खी छु। उफ् भाइ तु क्या कर रहा हे ? यो दोग्लापन ! यो हिपोक्रेसी! हाेली माेली म्यान!

आइ वाज बर्न सिक बट होझियर दाजु आइ डन्ट लव इट!

लाग्छ म इमोस्नल्ली म्याच्युर छैन।  रिसाउनु पर्ने बेलामा रिसाउँदिनँ मनमनै आगो बाल्छु। प्रेम गर्दा कति प्रेम गर्छु भन्दिनँ। भन्दिनँ कि म कति एक्लो छु। कति निरीह छु। भन्दिनँ म कति डुबिरहेछु। भन्दिनँ मलाई कसैले बचाओस् यो गहिराइबाट! म निरीह हिमाल हुँ जसलाई पुगिसक्यो एक्लै चिसै उभिएर! म एक्लै एउटै ठाउँमा बाँधिन चाहन्न। उन्मुक्ति चाहन्छु। चाहन्छु स्वछन्दता। चाहन्छु बग्न। नदी बनेर। मलाई नदी बनेर सुक्न मन्जुर छ। मन्जुर छ मलाई स्वतन्त्रताको नगन्यपन तर मान्य छैन एक्लै उभिने हिमालको बाध्यता र कथित महानता !

*****
ऱ्यान्डम थट्स ! उसले लेख्यो हिउँमा प्रेमिकाको नाम तर बताएन। उसले लेख्यो प्रेमपत्र तर पठाएन। सायद किन्यो सुन्दर एस्थेटिक झुम्काहरू कति सुहाउँथ्यो होला प्रेमिकाको कानमा, तर सजाएन। कति निराशावादी प्राणी छ ऊ।

—-

प्रेम त यसरी पनि पर्दछ जब कुनै अन्जान सुन्दर युवतीले मैले स्पीकरमा बजाएको गीत गुन्गुनाउँछिन्। प्रेम त आफूले कविता सुनाउँदा उज्यालिएका आँखाहरूसँग पनि पर्दछ! प्रेम त ल्याण्ड नगर्ला कि भन्ने जोकमा मन्द मुस्कान छाड्ने अधरहरूसँग पनि पर्दछ। प्रेम त सिँढीबाट झर्दै गर्दाको तिम्रो हाइसँग पनि पर्छ। प्रेम क्षण क्षणमा पर्दछ! मान्छे फेरिन्छन्। उनीहरूलाई नपर्ला।

***
तिमी बिहानै उठेर के गर्छौ?
स्न्याप पठाउँछु!
के स्न्याप पठाउन लायक र इभेन्टफुल छ र जिन्दगी?
त्यसो भन्ने हो भने जिन्दगी पनि त धेरै जसो बाँच्ने लायक कहाँ छ र? त्यही पनि बाँचिएकै छ।

मान्छेहरूका लागि हामी के हौं?
कथा दर्शक!
मतलब मान्छेको जीवनमा घटेका कथाहरू अवलोकन गर्ने मान्छे?
नाइँनाइँ इन्स्टाग्रामको स्टोरी भ्युअर के।
यी मान्छे जिउँदै छन्, जीवनमै छन् भनेर थाहा पाउने दर्शक।
यिनीहरू जिन्दगीको कुनै मोडमा सँगै पढ्थे। एउटै गाऊँमा थिए। सँगै काम गर्थे। भाडामा बस्दा बेलाका छिमेकी थिए। स्कूलका सिनियर थिए। प्लस टुका जुनियर थिए। कलेजका सर थिए। (कलेजका सरहरूलाई कसैले एड गर्छ? हावा!)
ऐले हुन केवल स्टोरी भ्युअर।
धेरै जसोको जिन्दगीमा हामी पनि त स्टोरी भ्युअर नै त हौं नि।
र थोरैको जिन्दगीमा हामी ती हौं जसले स्टोरी लाइक गर्छौं।
र त्यो भन्दा कमकोमा ती हौं जसको स्टोरीमा हामी रिप्लाई गर्छौं।
अनि मात्र तीन चार जना छन् जसलाई हामी रिल पठाउँछौं र उनीहरू त्यो रिलमा हाहा रियाक्ट गर्छन्।

****
म सधैं सम्भावनामा मात्र बाँचिरहें सम्भावना जो कहिल्यै पूरा भएनन्। ती सम्भावनामा थिए मिठास, सौन्दर्य, आत्मीयता, न्यानोपन, उत्साह र सबै जो म खोजिरहेछु। तर त्यो सम्भावनाको बाटो हिँड्ने साहस मैले देखाइनँ। मैले आफ्नै आकांक्षाहरू तोडिरहे। आफू दु:खी भइरहें। तिमीलाई दु:खी बनाइरहें।
जसले मलाई प्रेम गरें, मैले उनीहरूलाई प्रेम गरिनँ, जसलाई मैले प्रेम गरें, उनीहरूले मलाई प्रेम गरेनन्। र जसले मलाई प्रेम गरे र जसलाई मैले प्रेम गरें, त्यो सम्बन्धबाट टाढा भाग्नलाई त मेरो सेल्फ डिस्ट्रक्टिभ इरा छँदै थियो।

मैले मान्छेको आइडियोलोजी जस्तो छ त्यस्तै कुरा गर्छु

कसरी थाहा पाउँछौ त मान्छेको आइडियोलोजी?

रिलको लाइक हेरेर !

तैट् यो केटी!

मधु स्कुटर चलाइरहेकी छ, पछाडि पियूष बसेको छ। उनीहरू सहर शयर गर्दैछन्। सुस्त सुस्त सहर पछाडि जान्छ र उनीहरू पुग्छन् अघिअघि। भीड भन्दा टाढाटाढा। बीचमा एकछिन मधु स्पीडमा स्कुटर चलाउँछे। पियुष डराउँछ। बिस्तारै चलाउन लगाउँछ।

‘ डरपोक केटो ‘ मधु जिस्काउँछे अनि मुस्कुराउँछे ।
‘चलाउँदा पो डर लाग्दैन, पछि बस्दा त लागिहाल्छ नि, तानी पार्टनर ! ‘, पियुष पनि मुस्कानकै साथ जवाफ फर्काउँछ ।

केही समयपछि धानका हरिया बाला लटरम्म झुलेका बाक्ला खेतैखेतमाझ एउटा अलिसान घरभित्र उनीहरू पुग्दछन्। घरमा मधुका दाइसँग उसको भेट हुन्छ। शान्त अनुहारका उनले शान्त स्वरमा हेलो भनेर हात मिलाउँछन्। पियुषले हाईका साथमा नमस्कार टक्र्याउँछ।

भक्तपुर अर्थात् पोखरी, पोखरीमा गोधूलि बर्साउने साँझ, मन्द हावा। मौन अभिव्यक्ति। चिसा आँखा। चिसै मन। चिसो कुल्फी। चिसो जुजु धौ। दरबार स्क्वायर सौन्दर्य। सिद्धपोखरीका ठूला ठूला माछा। धुँवा। धूलो। इँटाभट्टा। र अन्त्यको सन्नाटा।

तिमीलाई भेटेर
फर्किएपछि!
साझा यतायातको पछिल्लो सिटमा
तिम्रै सम्झनामा डुबेर बसिरहेछु म
चिसो साँझ चिसो हावा अनि चिसै मन
लाग्छ तिमी अझै मसँगै छौ तर
म रिसाएको छु यो हावासँग
जसले पल पलमा तिमीलाई म बाट दुर लगिरहेछ
तिम्रो सुगन्ध मबाट हराउँदै छ
हावाले तिमीलाई मबाट बगाउँदै छ
मेरो स्वेटरमा अल्झिएका तिम्रा केश उडाउँदै छ
म चाहन्छु रोकियोस् यो हावा
अनि सँगै रहिरहोस् तिम्रो सुगन्ध
मेरो आलिंगनमा बाँधिएर
अझै केही समयको लागि
तिम्रो सामीप्यले मलाई अझै पुगेको छैन !

***

प्रेमको सबैभन्दा सुन्दर क्षण के हो? मलाई हेरेर मेरी प्रेमिका मुस्कुराउनू। त्यस क्षण जब उसको मुस्कानको कारण केवल मेरो उपस्थिति होस्। कमसेकम त्यो क्षणको लागि। कमसेकम उसलाई महसुस होस् म काफी छु उसको लागि, उसका सुन्दर अधरमा मुस्कान थप्न, उसका उज्याल गहिरा आँखामा जीवन भर्न, उसलाई हसाउन, उसँगै हिँड्न। उसका हात समाउन। रमाउन। कम्तीमा त्यस क्षणका लागि जीवन नैशश्य पूर्ण नलागोस्! प्रेमिकाका हर मुस्कान कविता हुन्। र त्यो मुस्कानका अघि प्रेमीका हर कविता केवल शब्द मात्र हुन्।

संसारमा प्रेमजस्तो स्वार्थपूर्ण कार्य के छ र?
मान्छेले प्रेम किन गर्छ? वा प्रेम भएपछि मान्छेले के चाहन्छ?
कतै पढेको थिएँ प्रेममा मान्छे चाहन्छ- टु बी हर्ड, टु बी अन्डरस्टुड, टु बी डिजायर्ड, टु बी फेल्ट। टु बी ह्याप्पी!
प्रेम फ्यासिस्ट विचार हो, अटोक्रेटिक इमोसन हो। प्रेममा डेमोक्रेसी छँदै छैन।

***

सायद मेरो दुःखको। अनि मलाई सधैं घेरिरहने नैराश्यको, कारण स्वयम मै हूँ। टर्चड् कवि विभागकी एक दार्शनिक कविले भने जस्तै, ‘ हाई ईट्स मी, आई एम दि प्रब्लम ईट्स मी !’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?