पर्यटकीय बस्तीमा बिद्युत सेवा विस्तारः स्थानीय हर्षित

पर्यटकीय बस्तीमा बिद्युत सेवा विस्तारः स्थानीय हर्षित
+
-

मुगु – छायानाथ रारा नगरपालिका–१४, बाममा बिद्युत बिस्तार भएपछि गाउँ नै बिद्युतले झिलिमिली भएको छ। छायानाथ रारा नगरपालिका र वडा नं १४ वडाध्यक्ष जुनबहादुर खड्काको पहलमा र नेपाल बिद्युत् प्राधिकरणको आर्थिक तथा प्राबिधिक सहयोगमा दुर्गम गाउँमा बिजुली पुगेको हो।

हालसम्म बिद्युत प्रशारण लायन नपुगेको बाममा राष्ट्रिय प्रसारण लायन बिस्तार भएपछि गाउँ नै झिलिमिली हुँदा स्थानीय जनता हर्षित भएका छन्। गाउँमा गाडी त पुगे बिजुली बलेको हेर्ने ठूलो रहर थियो त्यही पनि पूरा भयो वाम वडा नं १४ ठूला गाउँका बृध्द रगसिह बढुवालले भने।

ढल्कँदै गए पनि पछिका सन्तानका लागि धेरै सुबिधा छ, हामीले जेनतेन दुःख सुख गरी दिन बितायौँ तैपनि बुढेसकालमा बिजुली बत्तीको धोको पनि पूरा भयो उ उमेरले करिव ८१ बर्ष पुगेका बृद्द रंगबहादुर गाउँमा बिजुली पुगेकोमा आफू निकै खुशी भएको सुनाउँछन्।

 गाउँमा बिजुली बलेकोमा बाम ठूलागाउँ नाफा बजारकी सुशिला बुढामा पनि खुशी छाएको छ। उनका अनुसार यसअघि बिजुली नहुँदा हामी महिला कन सारै दुख थियो कामको बोझ पनि गाउँ घरमा काम धेरै हुनाले रातिको समयमा अवेर सम्म काम गर्नुपर्दा झन् समस्या हुने गरेको थयो उनले भनिन्। अब घरघरमा बिजुली आएकोमा हामीजस्ता महिलाको लागि सारैसजिलो भयो काम गर्न घर धन्दा चलाउन। बाल बच्चा पढाउन ,बाहिर भित्र गर्न। उनको थप भनाइ थियो।

बिद्युत अभावका कारण बर्षौदेखि झरोको दियालो बाल्दै आएका बामका स्थानीय गाउँमै बिद्युत बिस्तार भई बिजुली बलेपछि हाल दङ्ग छन्।
छायानाथ रारा नगरपालिका–१४ का नाफा बजार ,बाम गाउँ,धुम्वाडा,फोईपाटा, दर्खेल वाडा, खोड्काका गरि जम्मा ३ सय ५० घर धुरी मध्ये हाल नाफा बजार,बाम गाउँ,र थुम्वाडाका २ सय ५१ घरमा बिजुली बलेको छल भने बाँकी १ सय घरमा पनि बिद्युत बिस्तार गरिने नेपाल बिद्युत प्राधिकरण गमगाड साना जलबिद्युत बितरण केन्द्र मुगुका प्रमुख साजन ऐडीले बताए।

हाल बिद्युत को पोल र तार तानियको भएपनि थोरै बजेट अभावका कारण वडा नं १४ कै फोईपाटा, दर्खेल वाडा, र खोड्कामा बिद्युत बिस्तार हुन सकेको र आगामी दिनमा बजेट ब्यबस्थापन गरेर सके सम्म चाँडै बिद्युत बिस्तारका लागि आफूले पहल गर्ने वडा नं १४ का वडा अध्यक्ष जुनबहादुर खड्काले बताए।

मुगुको प्रमुख पर्यटकिय स्थल रारातालका अलावा चंखेली हिमाल पनि पर्यटकिय गन्तब्य स्थल भएकाले चंखेली हिमाल चढ्न जाने बाटो बाम गाउँ पर्ने भएकोले बिद्युत बिस्तारले वामलगायत चंखेली हिमालको पर्यटन बिकासमा एउटा आधारशिला तय हुने अपेक्षा यहाँका स्थानियहरूले गरेका छन्। यसका साथै छायाँनाथरारा नगरपालिकाभित्रका मुर्म, लह, लापु , तिर्प र आँसिधारा मा बिद्युत बिस्तारको लागि पोल गाड्ने काम भैराखेको र आगामी आर्थिक बर्षमा नगरपालिकाभित्रका सबै वडा र गाउँमा बिद्युत बिस्तार हुने नेपाल बिद्युत प्राधिकरण गमगाड बितरण केन्द्रले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?