ज्येष्ठ नागरिकलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर

ज्येष्ठ नागरिकलाई वडामै विशेषज्ञसहितको स्वास्थ्य शिविर
+
-

पोखरा – ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ख्याल राख्दै निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। पोखरा महानगरपालिका–१२ ले वडा कार्यालयमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

बिरामी परिरहने ६० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले शिविरमा सेवा लिए। स्वास्थ्य शिविरमा ३१२ जना लाभन्वित भएको वडाध्यक्ष सन्तोष बास्तोलले जानकारी दिए।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्रा.डा.बुद्धिबहादुर थापा, डा. कृष्ण थापा, डा.हरिकृष्ण भण्डारी, डा. चुममाया पुन लागयतले बिरामीको स्वास्थ्य परीक्षण गरे।

 बिरामीको सुगर, प्रेसर, मिर्गाैला र मुटुको परीक्षण गरिएको थियो। निशुल्क भिडियो एक्सरे र इसिजी परीक्षणसँगै सम्बन्धित रोगका विशेषज्ञ डाक्टरको परामर्श लिन पाएपछि ज्येष्ठ नागरिक खुशी देखिन्थे।

गत वर्ष वडाले घरघरै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको थियो। घरमा पुग्दा सबै प्रकारका जाँच गर्न प्राविधिक समस्या हुने भएकाले वडामा विशेषज्ञ सेवासहितको शिविर सञ्चालन गरेको वडाध्यक्ष बास्तोलाले बताए। वडाबासीले स्वास्थ्यप्रति वडा सचेत रहेको उनको भनाइ छ।

आगामी आर्थिक वर्षमा सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी पढाउने हरेक परिवारको निशुल्क स्वास्थ्य विमा गरिदिने वडाध्यक्ष बास्तोलले उद्घोष गरे। ‘जतिपनि वडाका स्थायी बासिन्दा हुनुहुन्छ अथवा बसाँइसराइ लिएर आउनुभएको छ उहाँहरुले सामुदायीक विद्यालयमा गएर आफ्ना बालबच्चा पढाइदिनुभो भने हामीले निशुल्क स्वास्थ्य विमा गर्दिन्छौं’, उनले भने।

ज्येष्ठ नागरिकको मात्रै नभएर बालबालिकाको स्वास्थ्यमा पनि वडाले ध्यान पुर्‍याएको वडाध्इक्ष बास्तोलाले बताए। बालबालिकालाई मध्यनजर गर्दै अमरसिंह मावि र शितलादेवी माविमा ‘इमर्जेन्सी रुम’ स्थापना गरिएको छ। दैनिक १० देखि १५ जना विद्यार्थीले स्वास्थ्य सेवा लिइरहेका छन्।

यसअघि पनि वडाले महिला लक्षित स्तन क्यानसर र पाठेघरको मुखको क्यानसरबाट जोगाउने सचेतनासहितको स्वास्थ्य शिविर आयोजना गरेको थियो। अमेरिकन नर्सिङ एसोसिएशनसँगको सहकार्यमा बृहत स्वास्थ्य शिविरसमेत आयोजना गरेको वडाले पटक पटक स्वास्थ्यका कार्यक्रम गर्दै आइरहेको छ।
शनिबार भएको स्वास्थ्य शिविरमा बोल्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिफ कन्सल्टेन्स फिजिसियन प्रा.डा.बुद्धिबहादुर थापाले ज्येष्ठ नागरिकले औषधि सेवनमा तालमेल मिलाउनुपर्ने बताए।

उनले सुगर, प्रेसर, कोल्डस्टोर, युरिकएसिड, र थाइराइडले मानव शरीरलाई सताउने बताए। ‘यी रोग कोही पहिला निस्कने कोही पछि निस्कने। जहिले पनि दुख दिइरहेको हुन्छ’, उनले भने, ‘यी रोगले कसैलाई हार्टअट्याक, मष्तिसकघात, किड्नी खराब अवस्था ल्याउँछ।’

अमर पोलिक्लिनक अमरसिंह चोक र यूआरएल हस्पिटलचोकको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो। यूआरएलले निशुल्क रगत परीक्षण गरेको थियो। शिविरमा सेवा लिएकाले थप चेकजाँच गर्न चाहेको खण्डमा ३० प्रतिशत छुटमा सेवा दिने यूआरएलका निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए।

रोग लाग्नुभन्दा पहिले नै सजगता अपनाएमा स्वस्थ्य जीवन जिउन सकिने उनको भनाइ छ। ‘क्वालिटी लाइफ जिउनका लागि नसर्ने रोग खानपिन र जीवनशैलीबाट लाग्छन्। समयमै चेकजाँच गरेर थाहा पाउन सक्यौं भने स्वस्थ जीवन प्राप्त गर्न सक्छौं’, उनले भने। बेलामै रोग लागेको पत्ता भए सामन्य औषधिले पनि निको हुने पन्तले उल्लेख गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?