पुर्ख्याैली पेसा आरन व्यवसाय संकटमा

पुर्ख्याैली पेसा आरन व्यवसाय संकटमा
+
-

मुगु – गाउँ बस्तीमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको पुख्र्याैली पेसा आरन व्यवसाय संकटमा पर्न थालेको छ। समयको परिवर्तनसँगै यो व्यवसाय संकटमा पर्न थालेको हो।

पुराना जमनाका व्यवसायीको उमेर ढल्किँदै गएपछि बुढ्यौलीमा यो व्यवसाय गर्न कठिन हुने र पछिल्ला सन्ततिलाई यस व्यवसायप्रति खासै आकर्षित नभएपछि प्रतिदिन यो व्यवसाय संकटमा पर्दै गएको हो।

बस्ती स्तरमा केही बूढापाका उमेरका व्यक्तिले फाट्टफुट्ट रूपमा आरन चलाए पनि युवा भने यसतर्फ आकर्षित छैनन् ।

विशेष गरी दलित समुदायका मानिसले पुर्खौंदेखि अँगालेको यस पेसाप्रति समय सापेक्ष खासै फाइदा नदेखिएपछि प्रतिदिन यो पेसा संकटमा पर्ने अवस्थामा देखिएको हो। पुरानो चलन अनुसार आरनबाट कृषि औजार हँसिया,कुटो, कोदालो, बन्चरो, चुलेंसी, कुमा, हतौडा, घट्टको बियो, लौरेसीजस्ता फलामे औजार नयाँ बनाउने र पुराना बुचा धारिला बस्तुहरू कराउने गरिन्छ।

यसबाट खासै तोकिएको मोलमोलाइ नहुने भएकाले थोरै मानु मुठो अन्न ज्यालास्वरूप कोदो, मार्से, चिनो, काउनी, सिमी लिने र त्यसले मात्र घर खर्चसमेत धान्न पछिल्लो समयमा मुस्किल भएको मुगुम कार्मारोङ गाउँपालिका माग्राी गाउँका सोनाम फोन्जोक कामीले बताए।

पछिल्ला वर्षमा बजारको हरेक बस्तुहरूको भाउ बढे पनि किसानले उत्पादन गरेको स्थानीय रैथाने अन्नको मूल्य खासै बढेन।

भएको अन्न बालीको पनि बजारमा खासै माग नहुने र बिहानैदेखि बेलुकासम्म आरनमा फलाम चुट्नुपर्दा धेरै गाह्रो हुने गर्छ। बुढेसकालमा दुःख धेरै आम्दानी नगद शून्य र अन्नको मात्र कारोबार हुने भएकोले अहिले आफ्नो ७ जनाको परिवार पाल्नै मुस्किल हुने गरेको बिकले बताए।
६५ वर्ष पुगेका बिक आरन व्यवसाय शुरु गरेको ४० वर्ष भएको र हालसम्म मुगुम कार्मारोङ गाउँपालिकाले वर्षको एक पटक आपर दिनेबाहेक नजिकैको वडा र कुनै संघ संस्थाले आफूलाई नहेरेको गुनासो गरे।

लामा समुदायका बिकजस्तै कर्णाली अञ्चलका साबिकका मुगुलगायत हुम्ला, डोल्पा, कालिकोट र जुम्लाका आरन व्यवसायीको समस्या पनि उस्तै छ। न सरकारले यिनीहरूको व्यवस्थापन गर्न सकेको छ न त संरक्षण नै ! समय सापेक्ष आरन व्यवसायीको लगत संकलन गरी उनीहरूलाई आधुनिक तालिम, नगद ज्याला निर्धारणका साथै आधुनिक औजार उपलब्ध गराएको खण्डमा संकटमा परेको आरन व्यवसाय पुनः फष्टाउन लागि टेवा मिल्ने अपेक्षा गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?