बदनामी कमाउँदै प्रादेशिक संरचनाः कोशी ‘अनुपम’ उदाहरण

बदनामी कमाउँदै प्रादेशिक संरचनाः कोशी ‘अनुपम’ उदाहरण
+
-

झापा – संघीय संरचनाको एक गहन हिस्सा बोकेको भनिएका प्रादेशिक संरचनाले अहिले बदनामी कमाउन थालेका छन्। दोस्रो पटकको प्रदेश सभाको चुनाव भएपश्चात प्रादेशिक संरचनाको नेतृत्व अप्रत्याशित रुपमा परिवर्तन हुँदै गएको छ।

त्यस्को ज्वलन्त उदाहरण हो, कोशी प्रदेश। जहाँ एक वर्षभित्रमा पाँच पटक सरकारको नेतृत्व परिवर्तन भइसकेको छ। अबको समीकरणअनुसार नयाँ सरकार बने छैटौं पटकको नेतृत्व नेकपा एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले गर्नेछन्।

कार्की अब मुख्यमन्त्री बन्दा तेस्रो पटकका लागि बन्दै छन्। यसअघि नै उनी दुई पटक मुख्यमन्त्री बनिसकेका छन्।

नेपाल कांग्रेसका संसदीय दलका नेता उद्धव थापा पनि दुई पटक मुख्यमन्त्री बनिसकेका छन्।

२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा चुनावपछि २०७९  पुस २४ मा एमाले, माओवादी, राप्रपा र जसपासहितको सहभागितामा एमालेका हिक्मत कार्की नेतृत्वमा पहिलो सरकार बनेको थियो।

राष्ट्रपति चुनावका बेला केन्द्रमा गठबन्धन फेरिएपछि एमालेका कार्की नेतृत्वको सरकार असार १५ मा ढल्यो। त्यसपछि कांग्रेस, माओवादी एकीकृत समाजवादी र जसपाको समर्थनमा कांग्रेस नेता उद्धव थापा असार २१ मा मुख्यमन्त्री बने। सरकारको समर्थनका लागि उनले सभामुखको समेत हस्ताक्षर प्रयोग गरेपछि एमालेले सर्वोच्च अदालतको ढोका ढक्ढक्यायो।

सर्वोच्चले  सभामुखले सरकारलाई समर्थन गर्न नमिल्ने ठहर गरेर साउन ११ मा थापाको नियुक्ति बदर गरिदियो। फेरि पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त गर्नु भन्ने अदालतको निर्देशनअनुसार थापा साउन १६ मा पुनः मुख्यमन्त्री बन्न पुगे।

फेरि पनि विश्वासको मत लिने क्रममा सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीले पनि मत दिएपछि एमाले पुनः सर्वोच्च पुग्यो।

सर्वोच्च अदालतले थापाले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गर्दै संविधानको धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकार बनाउन भदौ २१ मा परमादेश दिएको थियो। त्यसपछि भदौ २२ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका थिए।

उनले पनि विश्वासको मत पाउने अवस्था नभएपछि राजीनामा दिए। त्यसपछि संविधानको धारा १६८ को उपधारा ५ अनुसार गत असोजको अन्तिम साता कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्री बने। कांग्रेसबाट विद्रोह गरेका उनलाई एमालेको साथ दिएको थियो।

कार्की मुख्यमन्त्री बन्दा साथ दिएको एमालेले अहिले साथ छोडिदिएको छ। गठबन्धनका दलहरू सरकारमा सहभागी भएपछि सरकार छाडेको एमालेले समर्थन भने कायम राखेको थियो।

सोमबार एमालेका संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्। प्रदेश सभा पूर्णकालीन रहेका बेलासम्म कतिऔँ मुख्यमन्त्रीसम्म प्रदेशबासीले देख्नुपर्ने हो? छैटौँ, सातौँ, आठौँ…।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?