
झापा – कोशी प्रदेशमा सत्ता संकट गहिरिँदा नेपाली कांग्रेसले विश्वासको मत पाउने सम्भावना नरहे अर्को सरकार गठनका लागि मार्गप्रशस्त गर्न मुख्यमन्त्री केदार कार्कीलाई सुझाव दिएको छ।
मध्यावधिको बाटो नरोज्न कांग्रेसले मुख्यमन्त्रीलाई सुझाएको छ। नेपाली कांग्रेस कोशी प्रदेश सभापति तथा प्रदेशका संसदीय दलका नेता उद्धव थापाले सकभर आफ्नो दलको सरकार जोगाउने प्रयत्नमा लाग्ने बताए।
कार्की मुख्यमन्त्री बन्दा सबभन्दा पहिला नेकपा एमालेले साथ दिएको थियो। सोमबार एमालेले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको छ।
कांग्रेसका प्रदेश सभापति थापाले देशसञ्चारलाई भने,’पहिला त हामी आफ्नो दलको नेतृत्वको सरकारलाई जोगाउने प्रयासमा लाग्ने हो। तर, विश्वासको मत पाउन सम्भावना नहुँदा मध्यावधितिर लाग्नु हुँदैन। मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ।’