
मुगु – गमगढी– ९ कर्णाली प्रदेशको बिकट हिमाली जिल्ला मुगुमा केही महिना अगाडि बिग्रिएर थन्क्याईएको एक्सरे मेसिन पुन संन्चालनमा आएको छ।
केही महिना अगाडि बिद्युतिय भोल्टेज अनियमितताका कारण बिग्रिएको एक्सरे मेसिनको आन्तरिक पार्ट ईमेज क्यासेट पुन मर्मत गरे पछि केही समय यता अस्पतालमा एक्सरे मेसिन संन्चालानमा आएको हो।
मुगु जिल्लाकै एक मात्र अस्पतालमा रहेको एक्सरे मेसिन केही समय बिग्रिए पछि मुगु लगायत तल्लो हुम्ला जिल्लाका बिभिन्न रोगका एक्सरे गर्नु पर्ने बिरामी हरू कर्णाली स्वास्थय बिज्ञान प्रतिष्ठान जुम्लामा जानू पर्ने बाध्यता रहेको थियो।
हाल मुगु जिल्ला अस्पतालमा विभिन्न रोगका बिरामीहरू दैनिक ५०र६० जना आउने गरेका र जस मध्ये १५ देखि २० जना एक्सरे गर्नु पर्ने अवस्थाका बिरामी हुने भएकोले एक्सरे९मेसिन मर्मत गरिए पछि बिरामी हरूलाई निकै सहज भएको जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर कमल ढुङ्गानाले बताए।
मुगुको बिद्युत प्रसारण लायन भर्पर्दो नभएका कारण बिद्युतिय भोल्टेज अनियमित हुँदा एक्सरे बिग्रिएको र हालै एक्सरे मर्मत पछि दैनिक १० देखि १५ लिटर डिजेल खर्च गरेर जेनेरेटर चलाई बिरामी हरूको एक्सरे गर्नुपर्ने बाध्यता रहेको पनि डाक्टर ढुङ्गानाले गुनासो गरे।
उहाँका अनुसार मुगुको बिद्युतको भोल्टेज स्थिर नहुँदा अस्पतालका धेरै मेसिन उपकरणहरू बिग्रिएर थन्क्यायका छौ ,एक्सरे मेसिन पनि यसरी बिद्युत भोल्टेज स्थिर नभयर नै बिग्रियको ढुङ्गानाले बताए। लाखौ रूपयाँ खर्च गरेर एक्सरे मेसिन बनायो फेरि बिद्युतको कारणले बिग्रिहाल्छ ढुङ्गानाले बताए।
केही महिना अघि अस्पताल हाताभित्र बिद्युतिय ट्रान्सफर्मर जडान गर्ने प्रकृया अघि बढेको भनिए पनि ढिलाई हुँदा बिरामीहरूको हाल जनेरेटर चलाई एक्सरे चलाउनुपरेको स्वास्थ्य प्रमुख डाक्टर ढुङ्गानाको थप भनाइ छ। एक्सरे मेसिन चलाउन २ सय २० भोल्ट बिद्युतको आबश्यकता पर्ने गरेको र हालको बिद्युतको भोल्टेज अपुग छ। त्यसैले महँगो भए पनि एक्सरेको लागि चाहिने बिद्युतको लागि जेनेरेटर चलाउनु परेको ढुङ्गानाको भनाइ छ।
जिल्ला अस्पताल ठिनी बाहेक एक्सरेको कुनै बिकल्प मुगु जिल्लामा नभए पछि मुगुका बिरामीलाई जुम्ला जान आउन सवारी साधन भाडा र होटल खर्च गरि न्यूनत्तम ७ हजार भन्दा बढी रकम लाग्ने गरेको छ। २०६३ सालमा जिल्लाका साबिकका गम, सोरू, खतेड र करान भेगका जनताहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले १५ शैयाको अस्पताल संन्चालनमा आएको थियो।
उक्त जिल्ला अस्पताल बिरामीका लागि अझै ब्यबस्थित र भरपर्दो चिकित्सा सेवा संन्चालन हुन सकेको छैन। कोरियन सरकारले अस्पतालको आबश्यक उपकरणाहरू सहित भौतिक पूर्बाधार निर्माण गरि दिए पनि आन्तरिक रुपमा जनशक्ति र ब्वस्थित बिद्युत अभाव, फार्मेसी सेवा संचालन र रक्तसञ्चार केन्द्र, नहुँदा बिरामी मर्कामा पर्दै आएका छन्।