
मुगु – विकासको दृष्टिले निकै पछि परेको कर्णाली प्रदेशको हिमाली जिल्ला मुगुमा रहेको एक मात्र विमानस्थल ताल्चमा प्रतिकूल मौसमबाहेक दैनिकजसो हुने हवाई उडान र अवतरणको निम्ति एयर ट्राफिक कन्ट्रोलको काम दुई दशकदेखि काठको सानो टहरोबाट सन्चालन हुँदै आएको छ।
विमानस्थल सन्चालनमा आएको डेढ दशकपछि २०७६ सालमा रू ८ करोड ६५ लाख बजेट बिनियोजन गरी टर्मिनल भवन निर्माण गर्ने काम अगाडि बढे पनि ६ वर्षमा पनि टर्मिनल भवन बन्न नसक्दा अझै पनि काठको टहरोबाट काम चलाउनुपरेको रारा नागरिक उड्डयन प्राधिकरण ताल्चले जनाएको छ।
टर्मिनल भवन निर्माण कार्यको जिम्मा ओम बुद्ध इनटरनेशनल कन्ट्रक्सन प्रालीले लिएको छ। २०८० चैत समान्तसम्म टर्मिनल भवन निर्माण कार्य पुरा गर्ने लक्ष्यका साथ काम भइरहेको कन्ट्रक्सन अफ टर्मिनल बिल्डिङ रारा विमानस्थलका आयोजना प्रमुख महेश नेपालीले बताए।
अहिलेसम्म करिब ६५ प्रतिशत काम भएको छ। धावन मार्गको दक्षिण तिरको भागमा सल्लाको काठको फ्ल्याकले वरिपरि बारेर निर्माण गरिएको टावर हुरी बतास लागे बेस्सरी हल्लिने गरेको र टहरा सामान्य तारबारले बारेको भए पनि भित्र रहेका महँगा उपकरण समेतको सुरक्षा चुनौती रहेको रारा बिमानस्थल ताल्चाका प्रमुख सन्तोप गौतमले बताए। एक तले टहरोभित्र उपकरण राखेर कर्मचारीले नेपालगञ्जदेखि तारा, समिट, सीता र नेपाल एयरलाइन्सका जहाज डाक्ने अवतरण र उडाउनका निम्ति आवश्यक सूचना आदानप्रदान गर्दै आएका छन्।
काठको टहरोभित्र बसेर जहाज उडान र अवतरण गर्नुपरेको रारा नागरिक उड्डयन प्राधिकरणका प्रमुख गौतमको भनाइ छ। ०७२ सालमा ५ सय ७० मिटर लम्बाई र २० मिटर चौडाई धावन मार्गको कालोपत्रे बनेपनि मुख्य संवेदनशील टर्मिनल टावर बन्न नसक्दा कर्मचारीले जोखिम मोलेर काम गर्नु परेको गौतमले सुनाए। २०५९ साल वैशाख २ गते नेपाल एयरलाईन्सको ढल्( ब्द्यग् जहाज बाट परिक्षण उडान भराई २०६५ साल बाट नियमित रूपमा बिमानस्थल सन्चालन हुँदै आएको छ।
त्यसो त यहाँ टर्मिनल टावर मात्र होइन, यात्रुको चेकजाँच कार्यालय समेत काठको टहरोभित्रै छ। नेपालगञ्ज झर्ने यात्रुलाई सुरक्षाकर्मीले बाहिर चौरमा चेकजाँच गरी काठको टहरोभित्र पसाउने र धावन मार्गमा जहाज अवतरण भएपछि टहरोको ढोका खुलेर पठाउने गरेका छन्। रारामा पर्यटक आगमनले गर्दा सिजनको समयमा नेपालगञ्ज देखि मुगु दैनिक ३ देखि ४ वटा उडान हुने गरेको भए पनि हाल प्रायः जहाज पूर्व गएका कारण उडान पातलिएको छ।