जुम्ला –रारा अल्ट्रा म्याराथनको उपाधि धीरबहादुर र प्रियाले हात पारे

जुम्ला –रारा अल्ट्रा म्याराथनको उपाधि धीरबहादुर र प्रियाले हात पारे
+
-

मुगु – पाँचौं जुम्ला रारा– अल्ट्रा म्याराथनको उपाधि जुम्लाका धीरबहादुर बुढा र खोटाङकी प्रिया राईले हात पारेका छन्।

वैशाख १ गते सुरु भएको ४९ किलोमिटरको दौड प्रतियोगितामा पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउँपालिकाका धीरज र महिलातर्फ प्रियाले उपाधि जितेका हुन्।

धीरबहादुरले जुम्ला सदरमुकाम खलंगादेखि मुगु जिल्लास्थित रारातालसम्मको ४९ किलोमिटर दूरी ४ घण्टा ५७ मिनेट ३१ सेकेन्डमा पार गरेर पुरुषतर्फको प्रथम र प्रियाले ६ घण्टा ७ मिनेट ५७ सेकेन्डमा उक्त दूरी पार गरेर महिलातर्फको प्रथम उपाधि जितेका हुन्।

पुरुषतर्फ जुम्लाकै दलबहादुर कुँवर र शेरबहादुर बुढा क्रमशः दोस्रो र तेस्रो भए। दलबहादुरले ५ घण्टा १२ मिनेट ४० सेकेन्ड र शेरबहादुरले ५ घण्टा १८ मिनेट ३५ सेकेन्डमा ४९ किलोमिटरको दूरी पार गरेका थिए।

महिलातर्फ जुम्लाकी राज्यलक्ष्मी रावल र अनिता बुढा क्रमशः दोस्रो र तेस्रो भए। रावलले ६ घण्टा १५ मिनेट ९ सेकेन्डको समय लगाउँदा बुढाले ६ घण्टा ३३ मिनेट ३४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए।

प्रतियोगितामा कुल ५४ जना खेलाडी सहभागी भएका मध्य ४ विदेशी खेलाडी थिए। कर्णाली स्पार्ट्से क्लब जुम्लाको आयोजना भएको जुम्ला९ रारा अल्ट्रा म्याराथन संघीय सरकारका युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले १ गते जुल्लामा उद्घाटन गरेका थिए।

२ गते विहान पुरस्कार वितरण तथा समापन कार्यक्रममा बोल्दै खेलकुदमन्त्री श्रेष्ठले जुम्ला रारा–अल्ट्रा म्याराथन आगामी वर्षमा राष्ट्रिय खेलकुद परिषद्को वार्षिक क्यालेन्डरमा समावेस गरिने बताए।

म्याराथनमा सोलुखुम्बु, खोटाङ, रुकुम पूर्व, कालीकोट, मुगु, ओखलढुंगा, सिन्धुपाल्चोक, जुम्लाका र युरोपका खेलाडीले भाग लिएका थिए।

कर्णाली स्पोर्टस् क्लबका इभेन्ड म्यानेजर उमेश रोकायाका अनुसार जुम्लादेखि दौडिएका ५४ जना धावक मुगुको राराताल पुगेका थिए।

जुम्ला खलंगाको बालमन्दिरदेखि सुरु भएको म्याराथन रारा ताल किनारको हुटुमा पुगेर सकिएको थियो।

म्याराथनमा प्रथम हुनेलाई १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार दिइएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?