काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार मुगुको सोरु गाउँपालिका– ५ स्थित नेर सिंचाई आयोजनाको पाइपलाइनको कार्य १७०० मिटर हुनुपर्नेमा ८१२.५ मिटर काम गरे पनि पूरै काम गरेको भनि भुक्तानी दिएपछि आयोगले मुद्दा दायर गरेको हो।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार ८८७.५ मिटर फिल्डमा कम भएको कामलाई पनि झुट्टा नापी किताब, पहिलो र दोस्रो बिल स्वीकृत ५ लाख ६१ हजार ४८१ बढी भुक्तानी गरी उपभोक्ता समितिलाई गैरकानूनी लाभ र सरकारलाई हानिनोक्सानी र्पुयाएको बताए।
आयोगले रिमालसहित सव इञ्जिनियर नरबहादुर लावङ, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हीराबहादुर शाही र सचिव तिर्थबहादुर शाहीविरुद्ध मुद्दा दायर गरेको हो।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































