इन्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइटराइडर्सले आफ्नो पाँचौं खेलमा चौंथो जित निकालेको छ। आइतबार भएको दिनको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्दै कोलकाता अङ्क तालिकाको दोस्रो स्थानमा कायम रह्यो।
कोलकाताको घरेलु मैदान इडन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो। जवाफमा १ सय ६२ रनको लक्ष्य कोलकाताले २६ बल बाँकी हुँदै २ विकेट गुमाएर पुरा गर्यो। कोलकाताको जितमा ओपनर फिल साल्टले ८९ रनको नटआउट इनिङ खेले। त्यस्तै कप्तान श्रेयस अय्यरले ३८ रनको नटआउट इनिङ खेलेका थिए। यि दुई बिच तेस्रो विकेटका लागि १ सय २० रनको अविजित साझेदारी गरेका थिए। लखनउका लागि मोहसीन खानले २ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको लखनउका लागि निकोलस पुरनको ४५ रन सर्वाधिक रह्यो। त्यस्तै कप्तान केएल राहुलले ३९ रन बनाएका थिए। त्यस्तै आयुष बडोनीले २९ रन बनाउँदा क्विन्टन डिकक र मार्कुस स्टोइनिसले समान १०-१० रन बनाएका थिए। कोलकाताका मिचेले स्टार्कले ३ विकेट लिएका थिए। आजै हुने दोस्रो खेलमा मुम्मबई र चेन्नई भिड्दै छन्। खेलमा मुम्बईले टस जितेर पहिले फिल्डीङ गर्ने निर्णय गरेको छ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































