काठमाडौँ – सफा हिमाल अभियानको टोली सोलुखुम्बुको स्याङ्बोचे पुगेको छ।
सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमाल सफाइका लागि १२ जना सैनिक र १ जना शेर्पा सरदारसहित १३ जनाको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत स्याङ्बोचे पुगेको नेपाली सेनाले जनाएको छ।
अभियानलाई प्रभावकारी बनाउन स्थानीयसँग अन्तर्क्रिया गर्दै करिब ७ दिनको पदयात्रापश्चात सगरमाथा आधार शिविर पुग्ने टोलीको योजना छ।
यस अभियानअन्तर्गत सगरमाथा, ल्होत्से तथा नुप्त्से हिमालका विभिन्न क्याम्पहरूबाट करिब १० टन फोहोर र ५ वटा मानव शव संकलन गर्ने लक्ष्य लिइएको छ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































