
मोरङ – कवि विप्लव प्रतीकद्वारा लिखित शाडेनफ्रोएडा नामक कृतिको विराटनगरमा लोकार्पण गरिएको छ।
कवि प्रतीकले आइतबार विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम)मा विद्यार्थीमाझ हाइकु संग्रह शाडेनफ्रोएडा लोकार्पण गरेका हुन्।
नेपालयले प्रकाशन गरेको कृति विमोचनसँगै विद्यार्थी र साहित्यकारबीच अन्तर्क्रियासमेत गरिएको थियो। कवि प्रतीकले कृति लेख्दाको अनुभव र पाठकबाट प्रतिक्रियाबारे धारणा राखेका थिए।
जर्मन भाषामा कृतिको नाम शााडेनफ्रोएडा राखिएको कवि प्रतीकको भनाइ छ। जसको अर्थ अरुको पीडामा आनन्दको भावनात्मक अनुभव लिनु रहेको कवि प्रतीकले प्रष्ट्याए।
कार्यक्रममा कवि प्रतीकलाई स्वागत गर्दै विद्यालयका प्रिन्सिपल रविनकुमार दाहालले कृतिबारे जानकारी लिएका थिए। करिब डेढ घण्टा चलेको कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा १२ का सफल तिमिल्सिनाले कविता र आदित्य बस्नेतले कवितासँगै गीत गाएका थिए।
शाडेनफ्रोएडाको लोकार्पणका क्रममा विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का करिब ६० जना र ४० जना साहित्य क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो।