रोहितको शतकका बाबजुद पनि चेन्नईसँग हार्यो मुम्बई

रोहितको शतकका बाबजुद पनि चेन्नईसँग हार्यो मुम्बई
+
-

इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले छैटौं खेलमा चौंथो जित निकालेको छ। आइतबार राति भएको खेलमा चेन्नईसँग मुम्बई इन्डियन्स् आफ्नै मैदानमा २० रनले पराजित भयो। जितसँगै चेन्नई अंक तालिकाको तेस्रो स्थानमा रहन सफल भयो। उसको ८ अंक रहेको छ।

वाङखडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय ६ रन बनाएको थियो। उसका लागि ऋतुराज गायकवाडले ४० बलमा ६९ रन बनाउँदा शिवम् दुवे ३८ बलमा ६६ रनमा अविजित रहे।

त्यस्तै, ड्यारी मिचेल १७ रनमा आउट हुँदा रचिन रवीन्द्रले २१ रन बनाए। चेन्नईका लागि अन्तिम ४ बल खेलेका महेन्द्रसिंह धोनीले ३ छक्कासहित २० रन बनाएर अविजित फर्किए। धोनीको त्यही विष्फोटक इनिङ मुम्बईलाई हराउन निर्णायक बन्यो।

२ सय ७ रनको लक्ष्य लिएर मैदान उत्रिएको मुम्बईका लागि ओपनर रोहित शर्माले १ सय ५ रनको शानदार अविजित शतकीय इनिङ खेलेपनि टिमको हार टार्न पर्याप्त भएन।

एक छेउबाट आकर्षक इनिङ खेलेपनि शर्माले अर्को छेउबाट गतिलो साथ पाउन नसक्दा मुम्बई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८६ रनमा समेटियो।

मुम्बईका लागि थप दोहोरो स्कोरका रूपमा इशान किशनले २३ रन बनाउँदा तिलक वर्माले ३१ तथा टिम डेभिडले १३ रन बनाएका थिए। चेन्नईका लागि गेम चेन्जर बनेका मथिसा पथिरानाले ४ विकेट लिएका थिए। आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावाद प्रतिस्पर्धा गर्दै छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?