त्रिवीको उपकुलपति नियुक्ति प्रक्रियाबाट भए पनि अझै पूर्ण भइसकेको छैनः प्रधानमन्त्री दाहाल

त्रिवीको उपकुलपति नियुक्ति प्रक्रियाबाट भए पनि अझै पूर्ण भइसकेको छैनः प्रधानमन्त्री दाहाल
+
-

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालय(त्रिवी) उपकुलपतिको नियुक्ति योग्यताको आधारमा भएपनि अझै पूर्ण रूपबाट भने नभइसकेको बताएका छन् ।

सोमबार त्रिभुवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै धन्यवाद व्यक्त गनै पुगेका प्राज्ञिक समूहसँगको भेटमा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

उनले सबै प्राज्ञिक संस्थाहरुमा राजनीतिक हस्तक्षेप अतिक्रमण रोक्नका लागि प्राज्ञिक समूहले गराएको ध्यानाकर्षण महत्त्वपूर्ण रहेको बताए । उनले यसको पहल आफूले सुरू गरेको भन्दै अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपति लगायत पदाधिकारीको नियुक्ति नभए शैक्षिक क्षेत्रको सुधार हुन नसक्ने जिकिर गरे । उनले भिसी नियुक्त भइसकेपछि भिसीलाई सहज हुने र टिम दिनुपर्ने र सोहीअनुसार आफूले काम गरिरहेको बताए ।

उनले भने,’मैले यो टियुको कन्भोकेसनको बेलामा अब टियुको भिसी र पदाधिकारी मेरिटोक्रेसीको आधारमा मेरिटको आधारमा गर्छु म भनेर त्यहाँ पहिला पब्लिक घोषणा गरेँ । यहाँहरूले भनेको जस्तै सापेक्षित रुपमा भिसीको नियुक्ति एउटा प्रक्रियाबाट गर्न कोशिस गरियो, यद्यपि त्यो पूर्ण भएजस्तो मलाई नि अझै लागेको छैन । अझै त्यो सिस्टमेटाइज गर्न त अझै बाँकी छ । रजिस्टार र रेक्टरको विषय के गर्ने भन्ने आयो । भिसी नियुक्त भइसकेपछि भिसीलाई सहज हुने र टिम दिनुपर्छ र त्यसरी मात्रै विश्वविद्यालयहरुलाई ठिक ठाउँमा ल्याउन सकिन्छ भन्ने थियो ।’

प्रधानमन्त्री दाहालले देशमा सुशासन, विकास र समृद्धिको नयाँ जग बसाल्न सबै क्षेत्रमा स्वस्थ प्रतिष्पर्धा जरूरी रहेको बताए ।

सबै शैक्षिक संस्थाहरूमा राजनीतिकरण अन्त्य हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई प्राज्ञिक समूहको ध्यानाकर्षण

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’