
काठमाडौं- एसिसी प्रिमियर कपअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
खेलअघि वर्षा भएपछि १८ ओभरमा घटाइएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेका थिए।
निर्धारित समयभन्दा १ घण्टा ढिला सुरु हुन लागेको खेलमा नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ। विवेक यादवको स्थानमा करण केसीलाई टिममा समेटेको छ। नेपालले आजको खेल जिते सेमिफाइनलमा स्थान पक्का गर्ने छ।
नेपालको प्लेइङ ११:
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान) सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा