एकीकृत समाजवादीले अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र देखायो: ओली

एकीकृत समाजवादीले अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र देखायो: ओली
+
-

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीले अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन्।

सत्तागठबन्धनमा रहेको एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि नेपाली कांग्रेससँग मिसिएर नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गरेकोमा त्यसको आलोचना गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्।

‘एकीकृत समाजवादीको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भयो,’ सोमबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले भने,’यो अराजनीतिक र दक्षिणपन्थी अवसरवादी चरित्र हो।’

पूर्वसहमतिअनुसार सुदूरपश्चिममा आफूले नेतृत्व नपाउँदा एकीकृत समाजवादीले कांग्रेससँग मिसिएर नागरिक उन्मुक्तिका रेशम चौधरी पक्षका उम्मेदवार लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा साथ दिने भएको छ। यता, आइतबार बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताहरूको छलफलले नागरिक उन्मुक्तिकै रन्जिता चौधरी पक्षाका कैलाश चौधरीलाई समर्थन गर्ने निर्णय गरेको थियो।

सत्ता गठबन्धनको संकट थप चर्किँदै, शीर्ष तहको छलफल नै अवरुद्ध

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’