राप्रपा आन्दोलनमा घाइते भएका डाँगीको निधन,अन्त्येष्टि भोलि गरिने

राप्रपा आन्दोलनमा घाइते भएका डाँगीको निधन,अन्त्येष्टि भोलि गरिने
+
-

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले काठमाडौंमा गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा सोमबार मृत्यु भएको छ।

राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको काठमाडौस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा सोमबार बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका हुन्।

श्रेष्ठका अनुसार डाँगीको शवलाई सोमबार श्रद्धान्जलीको लागि धुम्बाराहिस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको छ। त्यसपश्चात डाँगीको शवलाई उनको गृहजिल्ला बर्दिया लगिने र मंगलबार दाहसंस्कार गरिने श्रेष्ठले जानकारी दिए।

डाँगी श्वासप्रश्वासको समस्याबाट पहिलेदेखि नै पीडित थिए। प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको अश्रुग्याँसले डाँगीको स्वास्थ्यमा धेरै समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको हो।

 

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’