सांसदलाई ओलीको निर्देशन: पार्टीको अनुमतिबिना विदेश नजानूहाेस्

सांसदलाई ओलीको निर्देशन: पार्टीको अनुमतिबिना विदेश नजानूहाेस्
+
-

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको अनुमति बिना विदेश भ्रमण नगर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।

सोमबार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले पार्टीको अनुमतिबिना विदेश जाने काम नगर्न सांसदलाई सचेत गराएका हुन्।

पार्टी संसदीय दलका नेता समेत रहेका ओलीले पार्टीका प्रमुख सचेतक र सचेतकलाई जानकारी गराएर मात्रै सांसदहरूले विभिन्न कार्यक्रममा जान सक्ने बताए।

विगतमा सांसदहरूले रातो पासपोर्टलगायतका काण्डमा फसेपछि पुनः सांसद हुन नपाउने गरी पार्टीले कारबाही गर्नुपरेको दृष्टान्त पेस गर्दै त्यसो हुन नदिनका लागि पनि सांसदहरूले पार्टी संसदीय दलको परामर्शमा मात्रै विदेश जान उपयुक्त हुने ओलीको भनाइ थियो।

उनले भने, ‘ बिनाइजाजत विदेश जाने गरिएको छ भने त्यो बन्द गरिदिऊँ। बिनाइजाजत विदेश भयो भने त्यसले सन्देश पैदा गर्छ, कसको निमन्त्रणामा गएको हो भनेर। हाम्रै पनि साथीहरू, अरू पार्टीका पनि साथीहरू विनाकसुर पनि, बिना दोष पनि कारबाहीमा पर्नुपरेको छ। माननीयजीहरू कहाँ हुनुहुन्छ भन्ने कुरा प्रमुख सचेतक र सचेतकलाई स्पष्ट जानकारी हुनुपर्दछ।’

उनले सहकारीलगायतका ठगीमा पनि सांसदहरू संलग्न रहेको उल्लेख गर्दै त्यसमा नसफस्नका लागि पनि पार्टीका सांसदहरूले सावधानी अपनाउनुपर्ने बताए।

अध्यक्ष ओलीले कुनै पनि सांसदले पार्टीको अनुमति बिना कुनै कसुर गरेमा पार्टी जवाफदेही नहुने पनि बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?