हङकङविरुद्ध नेपालको कसिलो बलिङ, ८९ रन जोड्दा गुमायो ७ विकेट

हङकङविरुद्ध नेपालको कसिलो बलिङ, ८९ रन जोड्दा गुमायो ७ विकेट
+
-

काठमाडौं- एसिसी प्रिमियर कपअन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले हङकङ विरुद्ध कसिलो बलिङ गरेको छ। वर्षाका कारण १८ ओभरमा घटाइएको खेलमा नेपाल विरुद्ध पहिले ब्याटिङ गरेको हङकङले ८९ रन जोड्दा ७ विकेट गुमाएको छ।

नेपालले हङकङविरुद्ध उत्कृष्ट फिल्डिङ गर्दै दुइ ब्याटरलाई सानदार रनआउट गरेको थियो। हङकङका लागि अन्सु रथले ३४ रन बनाउनु सर्वाधिक रहँदा कप्तान निजाकत खानले १२ रन बनाए।

उनीहरूबाहेक मार्टिन कोट्जेले ८ रन बनाउँदा बाबर हायात ६ तथा अजिज खान ७ रनमा आउट भए। त्यस्तै, यशिम मुर्तजाले २ रन बनाउँदा नसरुल्लाह रानाले ६ रन बनाएर आउट भए। हङकङको राम्रो लयमा रहेका अन्सु रथ र निजाकथ खान डाइरेक्ट हिटको सिकार हुँदै रनआउट भएका थिए।

नेपालका लागि ललित राजवंशी र अभिनास बोहराले २-२ विकेट लिंदा करण केसीले एक विकेट हात पारे।

निर्धारित समयभन्दा १ घन्टा ढिला सुरु हुन लागेको खेलमा नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ। विवेक यादवको स्थानमा करण केसीलाई टिममा समेटेको छ। नेपालले आजको खेल जिते सेमिफाइनलमा स्थान पक्का गर्ने छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’